२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

नुवाकोटमा उमेर नपुगी विवाह गरेकी युवतीले गरिन आत्महत्या

Logo
प्रकाशित बिहिबार, फाल्गुण २२, २०७६

जिल्लामा ११० औँ नारी दिवसको चर्चा परिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर आत्महत्या गर्नुपरेको छ। नेपालको ऐनले विवाहको उमेर २० वर्ष तोके तापनि तिनको सत्र वर्षमै विवाह भएको थियो। मनोपरामर्शको सेवा प्रदान गर्ने तथा महिलाका विषयमा वकालत गर्ने सङ्संस्था पनि सो विषयमा अनभिज्ञ रहेको देखिन्छ। धादिङको चरौंदी माइती भएकी सञ्जु खातीको ढुङ्गेमा गत भदौमा परिवारको सरसल्लाहमा मागी विवाह भएको थियो । सञ्जुका श्रीमान् २६ वर्षीय मौसमले विवाह भएको केही महिना नबित्दै उनलाई अनेक शारीरिक तथा मानसिक हिंसा, लाञ्छना, शङ्कालगायत तनाव दिँदै आइरहेको छिमेकी बताउँछन्। सञ्जुका घरमा सधैँजसो झगडा, वादविवादलगायत कलह दिनहुँ भइरहने गथ्र्यो। बुधबार राति करीब ९ बजे खातीका छिमेकीले खोलामा एक्कासि ठूलो आवाजले केही खसेको सुनेर बाहिर निस्किँदा उनका सासूससुरा र देवरानी रुँदै गुहार माग्दै त्रिशूली किनारमा दगुरेको देखेपछि हेर्दा सञ्जु नदीमा हाम्फालेकी रहिछन्। घाइते सञ्जुलाई नदीबाट निकालेर जिल्ला त्रिशूली अस्पताल लाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरीले सञ्जुका माइती र आफन्तलाई खबर गरेको र उनीहरु आएपछि मात्र शव परीक्षण गरी आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ। हाल शव त्रिशूली अस्पतालमा छ। सञ्जु र उनका पति मौसमबीच बुधबार रात श्रीमान्ले चुरोट पिएका विषयमा सामान्य मनमुटाव भएको सासू पविताले जानकारी दिनुभयो। महिला मानवअधिकार रक्षक जिल्ला सञ्चालकका अध्यक्ष अञ्जली पाण्डेले महिला हिंसा रोकथाम गर्न विद्यालयमा नै गएर बालविवाह न्यूनीकरण, महिला हिंसाविरुद्धको अभियान चलाउनुपर्ने बताउनुभयो। पाण्डेका अनुसार बालविवाहले पनि यस्ता घटना भएका हुन् । बालविवाह रोक्न नुवाकोटमा अभियान चलाइए पनि बालविवाह गराउन परिवार नै बढी सक्रिय छन्। अन्तर्पार्टी महिला सञ्जाल नुवाकोटका अध्यक्ष विन्दा ढुङ्गानाले महिला हिंसामा परेका पीडितका लुकेका घटनाले ठूलो रुप लिइरहेको बताउनु भयो। उहाँका अनुसार पीडितले आफ्ना पीडा लुकाएको थाहा भएको छ। आफूलाई परेको पीडा र हिंसा समाजमा खुलेर भन्न नसक्नाले पनि धनजनको क्षति हुने गरेको उहाँले बताउनु भयो। हिंसा रोक्न नयाँ तरिकाको अभियान चाल्नुपर्ने उहाँको सुझाव छ। “सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, महिलाका लागि काम गर्ने सङ्सस्था र सरोकार पक्षको यसमा बढी भूमिका हुनुपर्छ”, उहाँले भन्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!