२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सरकारले दिने कृषि अनुदान किसानलाई विउ पुँजीको रुपमा वितरण गर्नुपर्ने माग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

दाङ फागुन २२ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार निगरानी समूह र थारु कल्याणकारिणीसभाको सहकार्यमा आज घोराहीमा आयोजना गरिएको स्थानीय सरकारबाट उपलव्ध हुने कृषि अनुदानसम्वन्धि अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन ।
वक्ताहरुले स्थानीय सरकारले दिने कृषि अनुदानलाई किसानले गर्न सक्ने उत्पादन क्षमताको आधारमा अनुदान उपलव्ध गराउने र दिइएको अनुदानलाई वीउ पुँजीको रुपमा विस्तार गर्नुपर्नेमा जोड दिएका हुन ।
पहुँचका भरमा दिइने अनुदानले उत्पादन भन्दा अनुदानकै लागिमात्रै हुने भन्दै वास्तविक किसानहरुको पहिचान गरेरमात्रै अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागिहरुले अहिलेसम्म कृषि अनुदानका नाममा दिइने रकम पहँुचका भरमा दिइएको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले कृषि उत्पादन र किसानको जीवनमा परितर्वन
ल्याउने हो भने अनुदानका कार्यक्रमबारे जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउनुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जन पौडेलले अनुदानकै लागि किसान बन्नेहरु समाजमा रहेको भन्दै वास्तविक किसानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।
अधिकारकमीहरु केशवकुमार शर्मा, चन्दराज पन्त र श्रीमन न्यौपानेले कृषि अनुदानलाई व्यवस्थित गर्नुपर्ने भन्दै कृषिजन्यवस्तुको आयात रोक्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । मानवअधिकार समूह घोराहीका अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको
कार्यक्रममा बोल्दै कृषि ज्ञानकेन्द्रका अधिकृत भरतमणि पोख्रेलले अनुदान पहुँचको भरमा भन्दा वास्तविक किसानलाई दिनेतर्फ सजग भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले किसानलाई दिइने अनुदान प्रतिफलका आधारमा दिनुपर्नेमा जोड दिनुभयो । थारु कल्याणकारिणीसभाका जिल्ला संयोजक भुवन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इन्सेक सहजकर्ता विनोद केसीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]