२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सरकारले दिने कृषि अनुदान किसानलाई विउ पुँजीको रुपमा वितरण गर्नुपर्ने माग

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २३, २०७६

दाङ फागुन २२ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानवअधिकार निगरानी समूह र थारु कल्याणकारिणीसभाको सहकार्यमा आज घोराहीमा आयोजना गरिएको स्थानीय सरकारबाट उपलव्ध हुने कृषि अनुदानसम्वन्धि अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन ।
वक्ताहरुले स्थानीय सरकारले दिने कृषि अनुदानलाई किसानले गर्न सक्ने उत्पादन क्षमताको आधारमा अनुदान उपलव्ध गराउने र दिइएको अनुदानलाई वीउ पुँजीको रुपमा विस्तार गर्नुपर्नेमा जोड दिएका हुन ।
पहुँचका भरमा दिइने अनुदानले उत्पादन भन्दा अनुदानकै लागिमात्रै हुने भन्दै वास्तविक किसानहरुको पहिचान गरेरमात्रै अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा सहभागिहरुले अहिलेसम्म कृषि अनुदानका नाममा दिइने रकम पहँुचका भरमा दिइएको भन्दै गुनासो गरेका थिए । कार्यक्रममा बोल्दै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले कृषि उत्पादन र किसानको जीवनमा परितर्वन
ल्याउने हो भने अनुदानका कार्यक्रमबारे जनप्रतिनिधि गम्भीर हुनुपर्ने बताउनुभयो । जिल्ला सहकारी संघका उपाध्यक्ष अञ्जन पौडेलले अनुदानकै लागि किसान बन्नेहरु समाजमा रहेको भन्दै वास्तविक किसानलाई प्रवद्र्धन गर्न जरुरी रहेको बताउनुभयो ।
अधिकारकमीहरु केशवकुमार शर्मा, चन्दराज पन्त र श्रीमन न्यौपानेले कृषि अनुदानलाई व्यवस्थित गर्नुपर्ने भन्दै कृषिजन्यवस्तुको आयात रोक्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । मानवअधिकार समूह घोराहीका अध्यक्ष लौटन चौधरीको अध्यक्षतामा भएको
कार्यक्रममा बोल्दै कृषि ज्ञानकेन्द्रका अधिकृत भरतमणि पोख्रेलले अनुदान पहुँचको भरमा भन्दा वास्तविक किसानलाई दिनेतर्फ सजग भएर काम गरिरहेको बताउनुभयो ।
उहाँले किसानलाई दिइने अनुदान प्रतिफलका आधारमा दिनुपर्नेमा जोड दिनुभयो । थारु कल्याणकारिणीसभाका जिल्ला संयोजक भुवन चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन इन्सेक सहजकर्ता विनोद केसीले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]