२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मापसे चेकिङ हुन्न भनेर ज्यान जोखिममा नपार्न प्रहरीको अनुरोध

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

(सागर थापा)
काठमाडौं प्रहरीले मापसे चेकिङमा कोरोना संक्रमणको त्रासका कारण देखिएको समस्याले आफ्नै जीवन धरापमा नपार्न आग्रह गरेको छ । प्रहरीले सुँघेर मापसे चेकिङ बन्द गर्ने निर्णय गरेपछि त्यसको फाइदा उठाउने नाममा मापसे सेवन गरेर दुर्घटनाको शिकार नबन्न आग्रह गरेको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले भने, ‘‘कोरोना साझा दुश्मन हो । आफ्नो जीवन र स्वास्थ्यप्रति हामी आफै सर्तक हुनुपर्छ । प्रहरीलाई छल्न पाइयो भनेर गौरव नगरौं । जीवनभन्दा ठूलो मापसे होइन ।’’
चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसको असर न्यूनीकरण गर्न प्रहरीले सुँघेर मापसे गर्ने काम बन्द गरेको थियो । तर ‘ब्रेथलाइजर’बाट जाँचलाई निरन्तरता भने दिएको छ । ट्राफिक कारबाहीमा सबैभन्दा बढी कारबाही काठमाडौं उपत्यकाका तीन जिल्लामा हुने गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका एसएसपी भीमप्रसाद ढकालले भने, “ट्राफिक कारबाही रोकेका होइनौं । ब्रेथलाइजर मापसे चेक गरिरहेका छौं । तर अत्यावश्यक अवस्था र शंका लागेमा मात्रै ब्रेथलाइजरको प्रयोग गर्छौं ।’’
उनले नागरिकले ट्राफिक नियम राज्यका लागि मात्रै नभई आफ्नै सुरक्षाका लागि भएको महसुस गर्नुपर्ने बताए । सचेत नागरिकको भूमिका निर्वाह गर्नुपर्ने जोड दिँदै आवश्यक सहयोग र सहकार्य गर्न सम्बद्ध पक्षलाई एसएसपी ढकालले आग्रह गरे । प्रहरीलाई जाँचका क्रममा आवश्यक दूरी बनाउन समेत निर्देशन दिइएको छ ।
डीआइजी पोखरेलले भने, ‘‘जस्तोसुकै कठिन अवस्थामा पनि प्रहरी जिम्मेवारीबाट पछि हट्न मिल्दैन । कतिपय अवस्थामा पक्राउ, भीड नियन्त्रण लगायका अवस्था आइपरे जोखिम घटाउन पूर्ण सावधानीका साथ अगाडि बढ्छौं ।’’
डीआईजी पोखरेलले विमानस्थल, ट्राफिक चेकिङ र प्रहरीले भिडभाडमा ड्युटी गर्ने सम्भावित स्थानमा मास्क लगाउन निर्देशन दिइएको बताए । नेपालमा कोरोना भाइरसको प्रभाव परिनसकेको भए पनि समयमै सतर्कता अपनाउन आवश्यक रहेको उनले बताए ।
यस्तै प्रहरीले आन्तरिक रुपमा अभिवादन गर्ने भए पनि कतिपय अवस्थाले सेवाग्राही वा अन्य व्यक्तिसँग हात मिलाउनुपर्ने भए पनि सकेसम्म हात नमिलाउन र नमस्ते गर्नसमेत निर्देशन दिएको छ ।
कोरोनाकै प्रभावका कारण यही फागुन २३ र २४ गते सुदूरपश्चिम प्रदेशको धनगढीमा हुन लागेको सुरक्षा गोष्ठी समेत तत्कालका लागि स्थगित गरिएको प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताए । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले उपत्यकाबासीलाई सकेसम्म सामूहिक रुपमा होली नखेल्न आग्रह गरेको छ । पारिवारिक रुपमा मर्यादित भएर होली खेल्न सकिने भए पनि भीड जम्मा गरेर होली नखेल्न स्थानीय प्रशासनले समेत आग्रह गर्दै आएको छ । चिकित्सकले होलीको रङबाट समेत कोरोना लगायत सरुवा रोगको संक्रमण हुनसक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]