२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

कृष्णनगर नाकामा कोभिड-१९ (नोभल कोरना भाईरस) को सहायता कक्ष स्थापना

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

एबिसि संचार  कृष्णनगर। फाल्गुन २४
फाल्गुन २३ गते देखि सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म गुल्म हे.क्वा. (रा.तथा भ.ग.सु.)कपिलबस्तुबाट बिशेष गरी भारतबाट नेपालतर्फ आउने तथा स्थानिय बजारबाट आवत-जावत गर्ने सर्वसाधारण जनताहरुको लागि कोभिड-१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले जिल्ला कपिलवस्तु कृष्णनगर नगरपालिका २ स्थित लिङ्कगेट र यात्रु गेट सीमा नाकामा सहायता कक्ष (HELP DESK) साथै जनचेतनाको लागि कोभिड-१९ संग सम्बन्धि व्यानर सहित टाँस गरी कार्य संचालन गरेको छ। मिति २०७६।११।२२ गते पनि सचेतना कार्यक्रम अन्तर्गत कृष्णनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा स्थानिय जनता, बिभिन्न संघसंस्थाको कर्मचारी, व्यापारी, शिक्षक तथा सवाजसेवीहरुको समेत सहभागितामा कोरोना भाईरस सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिएको थियो । यस कार्यक्रम सशस्त्र प्रहरी बल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीको योजना अन्तर्गत कृष्णनगर नगरपालिकाको बिशेष सक्रियतामा सशस्त्र प्रहरी बल नं. ३९ गुल्म हे.क्वा (रा.तथा भ.ग.सु.) कपिलबस्तुले संचालन गरेको छ । उक्त सहायता कक्ष (HELP DESK) मा नगरपालिकाबाट तालिम प्राप्त स्वास्थ्य कर्मी परिचालन गरी चेकजाँच गर्ने गरिएको र कुनै पनि शंका देखिएको अवस्थामा समेत शिवराज अस्पताल बहादुरगंजमा पठाईने गरेको जानकारी स.प्र.ना.उ. सुशिल कुमार शाहीले जानकारी दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!