२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

बाँकेको हेल्थ क्याम्पसमा बार्षिकोत्सब स्वागत र विदाई कार्यक्रम समपन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण २४, २०७६

महेन्द्र सिंह
बाँके नेपालगञ्ज हेल्थ क्याम्पसले आज आफ्नो १२ औं बार्षिकोत्सब मनाएको छ ।
क्याम्पस प्रांगणमा आयोजित कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिनुका साथै अध्ययन सकेर जान थालेका विद्यार्थीहरुलाई विदाई गरिएको थियो । विद्यार्थी रमेश केसीको सभापतित्व एवम् प्रदेश ५ का सांसद् सुरेन्द्र हमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्याम्पसका जेहेन्दार विद्यार्थीहरु पूजा सेढाईं, राजु बस्नेत र मिना बाठालाई सम्मानसंगै पुरस्कृत गरिएको थियो ।
प्रमुख अतिथि हमालले स्वास्थ्य क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न उल्लेख्य योगदान गरिरहेको भन्दै क्याम्पसको प्रशंसा गर्नुभयो । अनुशासन र लगनशिलताले नै सफलता हासिल हुने बताउँदै सांसद् हमालले स्वास्थ्य क्षेत्र संवदेनशील भएकाले विद्यार्थीहरुलाई गम्भीर बनेर शिक्षा आर्जन गर्न आग्रह गर्नुभयो ।
क्याम्पसका संस्थापक एवम् पूर्व संविधानसभा सदस्य मैकुलाल बाल्मिकीले साविकको मध्यपश्चिम र सुदुरपश्चिम क्षेत्रका विद्यार्थीहरुलाई लक्षित गरेर स्थापना गरिएको क्याम्पसले धेरै अभिभावक र विद्यार्थीहरुको मन जित्न सफल भएको बताउनुभयो । उहाँले दक्ष जनशक्ति उत्पादन गरेर क्याम्पसले स्वास्थ्यका क्षेत्रमा योगदान गरिरहेको बताउनुभयो ।
क्याम्पस प्रमुख प्रभाकर मिश्रले निकट भविष्यमा क्याम्पस आफ्नै सुविधा सम्पन्न भवनमा सर्ने जानकारी दिँदै सिभिल इन्जिनियरिङ्ग, कम्प्युटर इन्जिनियरिङ्ग र कानुन विषयको अध्यापन गराउने लक्ष्य रहेको बताउनुभयो । उहाँले सिटिइभिटी फार्मेसी प्रथम बर्षको हालै प्रकाशित परिक्षाफलमा यो क्याम्पस मुलुकमै दोस्रो भएको बताउनुभयो । विद्यार्थी विन्दु शाही ठकुरीले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
नेपालगञ्ज हेल्थ क्याम्पसमा ३ बर्षे ल्याब टेक्निसियन, ३ बर्षे फार्मेसी इन डिप्लोमा र १८ महिने ल्याब असिस्टेन्टको पढाई हुँदै आएको छ । ल्याब टेक्निसियनतर्फ हालसम्म १ सय २, डिप्लोमा इन फार्मेसीतर्फ ८ जना र ल्याब असिस्टेन्टतर्फ ८५ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!