३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

लमहीमा माेटरसाइकल एकआपसमा ठाेक्किदा दुईजना गम्भीर घाइते

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

बिदुर एमसी
लमही फागुन २४ माेटर साईकल एक आपसमा ठाेक्किदा दाङमा दुईजना गम्भीर घाइते भएका छन् । दाङ देउखुरी लमही नगरपालिका वडा नम्बर ६ बलरामपुर स्थित बेलुका चार बजे रा४प ७२९० र रा४प ६७०८ नम्बरको माेटर साईकल एक आपसमा ठाेक्किदा गाउँपालिका वडा नम्बर ६ रामपुर निवासी ३४ वर्षिय अबदुल गनि साेहि ठाउँ निवासी ४५ वर्षिय माेहम्द जमिर गम्भीर घाइते हुनु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
घाइतेको मुख, टाउको र खुट्टामा गम्भीर चाेट लागेको छ । घाइतेहरूकाे लमही अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारको लागि काेहलपुर मेडिकल कलेजमा रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ भने माेटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  तनहुँ । नेपालगन्जदेखि पोखरा जादै गरेको बस मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत बन्दिपुर-५ नया पुल तनहुँमा अर्को यात्रुबाहक बस सङ ठोक्किएर दुर्घटना हुदा चालककाे घटना स्थलमा मृत्यु २३ जना घाईते, ३ जनाकाे अवस्था गम्भीर रहेको छ । बसचालक तनहुँ रेसिङ पाटन घर भई हाल कास्की बस्दै आएका ३९ वर्षका रामबहादुर परियारको मृत्यु भएको जिल्ला प्रहरी […]

  काठमाडौं । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल (खाट गडेरे) नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो। मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ। ‘बिहीबार राति करिब १ः२० बजे […]

  दाङ । मंगलबार विहान ७:४५ बजेको समयमा पश्चिमबाट पुर्व तर्फ गईरहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही- भालुवाङ सडक खण्डको भालुवाङ पुल्चोकको तिनकुने चोकमा बाटो क्रस गरिरहेका राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोकमा फलफूल पसल गर्दै आएका अन्दाजी ५० वर्षिय लोकप्रसाद भट्टराईलाई ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको इलाका […]

error: Content is protected !!