०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

उपत्यकामा ग्यास सिलिन्डरको अभाव मजदुर र विद्यार्थी मर्कामा

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

काठमाडौँ फागुन २५ उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ। कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन्। भूकम्प र नाकाबन्दीका समयमा तर्सिएका उपभोक्ताले त्यस्तै अवस्था आउन सक्ने त्रासमा आवश्यकभन्दा बढी सिलिन्डर भरेर जम्मा गरेका हुन्। उपत्यकामा दैनिक ७ हजार संख्यामा सिलिन्डर माग बढेको व्यवसायीले बताएका छन्। केही दिनदेखि ग्यास बिक्री हुने व्यापारिक प्रतिष्ठानमा निकै लामो लाइन लाग्न सुरु भएको छ। नेपाल आयल निगमका अनुसार मध्यमवर्ग र उच्चवर्गले कम्तीमा पाँचदेखि १० वटासम्म सिलिन्डर राखेका छन्। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार सामान्य अवस्थामा चारजनाको परिवारलाई मासिक एउटा सिलिन्डरले पुग्थ्यो। अहिले त्यस्ता परिवारले पाँचवटासम्म सिलिन्डर जम्मा पारेका छन्। उनले चारजनाभन्दा बढी पारिवारिक सदस्य भएकाले १० वटासम्म सिलिन्डर भरेको दाबी गरे।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

दाङ । घोराही मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालय काठमाण्डौको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय एवं जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाको आतिथ्यता एवं मानव स्वास्थ्य समाज दाङ र निल हिरा समाज केन्द्रिय कार्यालयका प्रतिनिधिहरु, जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहत समेतमा […]

error: Content is protected !!