२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोना भाइरसकाे कारण नेपालका मन्त्रीहरुले गरे विदेश भ्रमण स्थगित

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

काठमाडाैं विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसकाे उच्च जोखिमा राखेपछि मन्त्रीहरुको विदेश भ्रमण पनि धमाधम स्थगित भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अमेरिका भ्रमण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको जापान भ्रमण स्थगित भएको छ। आइतबार महिला मन्त्रीसहित एकसय जना सहभागी टोली न्यूयोर्क जाने तय भएको थियो। महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा कार्यक्रम हुन्छ। केही समय अगाडि संयुक्त राष्ट्रसंघका महासचिवले न्यूयोर्कमा हुने कार्यक्रममा बाहिरका प्रतिनिधिमण्डललाई सकेसम्म नआउन आग्रह गरेका थिए। मन्त्रीको टिकट काटिकसकेको अवस्थमा पनि रद्द भयो। मन्त्री गुरुङले आफ्नो अमेरिका भ्रमण स्थगित भएको जानकारी दिनुभयाे। महिला मन्त्रालयको प्रतिनिधित्व गरिरहका मन्त्रीसहितको टोलीको अमेरिका भ्रमण जाने टोलीको भ्रमण मन्त्रीपरिषदबाट स्वीकृति गरिसकेको थियो। मन्त्रीको न्यूयोर्क जाने कार्यक्रम रद्द भएपछि राष्ट्रसंघीय कार्यक्रममा नेपालको प्रतिनिधित्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले सहभागिता जनाउने स्रोतले बतायो। यस्तै जापानसँगको श्रम समझदारी कार्यान्वयका विषयमा वार्ता गर्न यही मार्चमा जापान जाने तयारीमा रहेका श्रममन्त्री यादवको जापान भ्रमण स्थगित भएको हो। मन्त्री यादवको भ्रमण तत्कालका लागि स्थगित भएको श्रम मन्त्रालयले जनाएको छ। कोरोनाकै कारण नेपाल सरकारले देशभर सार्वजनिक कार्यक्रमहरु पनि नगर्न अपील गरेको छ। प्रमुख दलहरु नेकपा र काँग्रेसले पनि आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!