२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

कोरोना भाइरसकाे कारण नेपालका मन्त्रीहरुले गरे विदेश भ्रमण स्थगित

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६


काठमाडाैं विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसकाे उच्च जोखिमा राखेपछि मन्त्रीहरुको विदेश भ्रमण पनि धमाधम स्थगित भएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङको अमेरिका भ्रमण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको जापान भ्रमण स्थगित भएको छ। आइतबार महिला मन्त्रीसहित एकसय जना सहभागी टोली न्यूयोर्क जाने तय भएको थियो। महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघको आयोजनामा न्यूयोर्कमा कार्यक्रम हुन्छ। केही समय अगाडि संयुक्त राष्ट्रसंघका महासचिवले न्यूयोर्कमा हुने कार्यक्रममा बाहिरका प्रतिनिधिमण्डललाई सकेसम्म नआउन आग्रह गरेका थिए। मन्त्रीको टिकट काटिकसकेको अवस्थमा पनि रद्द भयो। मन्त्री गुरुङले आफ्नो अमेरिका भ्रमण स्थगित भएको जानकारी दिनुभयाे। महिला मन्त्रालयको प्रतिनिधित्व गरिरहका मन्त्रीसहितको टोलीको अमेरिका भ्रमण जाने टोलीको भ्रमण मन्त्रीपरिषदबाट स्वीकृति गरिसकेको थियो। मन्त्रीको न्यूयोर्क जाने कार्यक्रम रद्द भएपछि राष्ट्रसंघीय कार्यक्रममा नेपालको प्रतिनिधित्व राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले सहभागिता जनाउने स्रोतले बतायो। यस्तै जापानसँगको श्रम समझदारी कार्यान्वयका विषयमा वार्ता गर्न यही मार्चमा जापान जाने तयारीमा रहेका श्रममन्त्री यादवको जापान भ्रमण स्थगित भएको हो। मन्त्री यादवको भ्रमण तत्कालका लागि स्थगित भएको श्रम मन्त्रालयले जनाएको छ। कोरोनाकै कारण नेपाल सरकारले देशभर सार्वजनिक कार्यक्रमहरु पनि नगर्न अपील गरेको छ। प्रमुख दलहरु नेकपा र काँग्रेसले पनि आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!