२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

रक्सीले कोरोना बिमारी ठिक हुनसक्छ

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

:विज्ञहरू एजेन्सी विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ। भाइरसको ‘इपिसेन्टर’ चीनमा सङ्क्रमित घटिरहेका विवरण प्राप्त भएपनि चीन बाहिर भाइरसले झन् डरलाग्दो रूप लिँदै गएको छ। विज्ञहरू भाइरस कहाँबाट आयो र यसको उपचार के हुनसक्छ भन्ने बारे अझै निष्कर्षमा पुग्न सकेका छैनन्। कोरोनाले त्रास सिर्जना गरिरहँदा मानिसहरू यसबाट बच्ने उपायको खोजी गर्न थालेका छन्। अहिले नेपाल, भारत लगायतका देशमा सामाजिक सञ्जालमा रक्सीको सेवनले कोरोना ठिक गर्छ भन्दै अपवाह मुलक खबर भाइरल बनेको छ। घातक भाइरसबाट बच्न रक्सी सेवन गर्नुपर्ने र रक्सीले भाइरसलाई नष्ट गर्ने दाबी गरिएको छ। सामाजिक सञ्जालमा रक्सीले कोरोना ठिक गर्ने हल्ला फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मुख खोलेको छ। डब्लूएचओका प्रमुख टेड्रोस अडेनोम घेब्रिसले उक्त कुरा झुटो रहेको भन्दै यस्ता अफवाहबाट टाढा रहन सुझाव दिएका छन् । कोरोना भाइरस बारे गलत खबर फैलिएपछि डब्लूएचओले रक्सीले कुनैपनि भाइरस नष्ट नगर्ने स्पष्ट पारेको छ। डब्लुएचओका अनुसार त्यस्ता पदार्थहरूको सेवन तथा स्वास्थ्यका लागि निकै हानिकारक छ। कोरोना भाइरस रोकथामका लागि विज्ञहरुले हात नमिलाउन, साबुन पानीले पटक–पटक हात धुन, भिडभाडबाट टाढा रहन, ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्न, जंगली जनावरलाई नछुन तथा सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको अवस्थामा चेक गर्न जान अधिकारीहरुको सुझाव छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!