२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

रक्सीले कोरोना बिमारी ठिक हुनसक्छ

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

:विज्ञहरू एजेन्सी विश्वभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ। भाइरसको ‘इपिसेन्टर’ चीनमा सङ्क्रमित घटिरहेका विवरण प्राप्त भएपनि चीन बाहिर भाइरसले झन् डरलाग्दो रूप लिँदै गएको छ। विज्ञहरू भाइरस कहाँबाट आयो र यसको उपचार के हुनसक्छ भन्ने बारे अझै निष्कर्षमा पुग्न सकेका छैनन्। कोरोनाले त्रास सिर्जना गरिरहँदा मानिसहरू यसबाट बच्ने उपायको खोजी गर्न थालेका छन्। अहिले नेपाल, भारत लगायतका देशमा सामाजिक सञ्जालमा रक्सीको सेवनले कोरोना ठिक गर्छ भन्दै अपवाह मुलक खबर भाइरल बनेको छ। घातक भाइरसबाट बच्न रक्सी सेवन गर्नुपर्ने र रक्सीले भाइरसलाई नष्ट गर्ने दाबी गरिएको छ। सामाजिक सञ्जालमा रक्सीले कोरोना ठिक गर्ने हल्ला फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मुख खोलेको छ। डब्लूएचओका प्रमुख टेड्रोस अडेनोम घेब्रिसले उक्त कुरा झुटो रहेको भन्दै यस्ता अफवाहबाट टाढा रहन सुझाव दिएका छन् । कोरोना भाइरस बारे गलत खबर फैलिएपछि डब्लूएचओले रक्सीले कुनैपनि भाइरस नष्ट नगर्ने स्पष्ट पारेको छ। डब्लुएचओका अनुसार त्यस्ता पदार्थहरूको सेवन तथा स्वास्थ्यका लागि निकै हानिकारक छ। कोरोना भाइरस रोकथामका लागि विज्ञहरुले हात नमिलाउन, साबुन पानीले पटक–पटक हात धुन, भिडभाडबाट टाढा रहन, ज्वरो–खोकी लागेको मान्छेसँग नसुत्न, जंगली जनावरलाई नछुन तथा सर्जिकल मास्कको प्रयोग गर्न सुझाव दिएका छन् । खोकी, ज्वरो र श्वास फेर्न गाह्रो भएको अवस्थामा चेक गर्न जान अधिकारीहरुको सुझाव छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । चन्द्रौटा स्थित बैंकमा रकम जम्मा गर्न आएका एक व्यक्तिबाट नक्कली नोट फेला परेको छ। जाँचका क्रममा फेला*: बैंकले रकम गन्दा वा मेसिनमा जाँच्दा नक्कली नोट पत्ता लागेको कारबाही प्रक्रिया*: यस्तो अवस्थामा बैंकले तुरुन्त प्रहरीलाई खबर गरेर नोट र सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिने प्रचलन छ । अनुसन्धान नोट कहाँबाट आयो, कसले दिएको हो भन्ने […]

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]