१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङको सीमा नाकामा सशस्त्र सुरक्षा बल स्थापना हुदै

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

दाङको नेपाल भारत सिमाक्षेत्रमा थप एक स्थानमा सीमा सुरक्षा बल स्थापना हुने भएको छ । गढवा र राजपुरका क्षेत्रमा रहेका सिमाक्षेत्रमा थप एक स्थानमा सुरक्षा बल स्थापना हुने भएको हो ।
यसअघि कोइलाबास र सुनपथ्रीमा सुरक्षा बल स्थापना भएका छन् । दक्षिण क्षेत्रमा रहेका गढवा र राजपुरका नाकाक्षेत्रमा थप सुरक्षा बल स्थापना हुने भएपछि स्थानीय खुशी भएका छन् ।
स्थानीय प्रशासनको पहलमा राजपुरको खंग्र्रानाकामा सीमा सुरक्षा बल स्थापना हुने भएको छ । आज एक औपचारिक कार्यक्रम गरी सुरक्षा बल स्थापना गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
चालु आर्थिक बर्षमै जिल्लाका नाकाक्षेत्रमा थप सुरक्षा बल स्थापना गर्ने तयारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!