२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको सीमा नाकामा सशस्त्र सुरक्षा बल स्थापना हुदै

Logo
प्रकाशित आइतबार, फाल्गुण २५, २०७६

दाङको नेपाल भारत सिमाक्षेत्रमा थप एक स्थानमा सीमा सुरक्षा बल स्थापना हुने भएको छ । गढवा र राजपुरका क्षेत्रमा रहेका सिमाक्षेत्रमा थप एक स्थानमा सुरक्षा बल स्थापना हुने भएको हो ।
यसअघि कोइलाबास र सुनपथ्रीमा सुरक्षा बल स्थापना भएका छन् । दक्षिण क्षेत्रमा रहेका गढवा र राजपुरका नाकाक्षेत्रमा थप सुरक्षा बल स्थापना हुने भएपछि स्थानीय खुशी भएका छन् ।
स्थानीय प्रशासनको पहलमा राजपुरको खंग्र्रानाकामा सीमा सुरक्षा बल स्थापना हुने भएको छ । आज एक औपचारिक कार्यक्रम गरी सुरक्षा बल स्थापना गर्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
चालु आर्थिक बर्षमै जिल्लाका नाकाक्षेत्रमा थप सुरक्षा बल स्थापना गर्ने तयारी रहेको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!