२६ माघ २०८२, सोमबार
09-02-2026 , Mon
×

सशस्त्र प्रहरी बलले बरामद अबैध चाँदी पक्राउ गरि भन्सार बुझाइयो

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

पर्साको बिरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीलेबरामद गरेको चाँदीको तयारी गहना आइतबार भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।
उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो ।
बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो ।
बरामद चाँदीको गहना पाँउजु रहेको छ । तयारी पाँउजु तौल गर्दा करीब तीन के.जी. रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी १ के.जी. ७ सय ८६ ग्राम रहेको छ ।
उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारत–नेपाल सीमावर्ती बजार रुपैडिहास्थित आदर्श प्रहरी चौकीभ्ब कोतवाली रुपैडिहामा आज एक विशेष शान्ति समितिको बैठक सम्पन्न भएको छ। क्षेत्राधिकारी (सीओ) नानपाराको उपस्थिति तथा स्थानीय बुद्धिजीवीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा सीमा क्षेत्रको संवेदनशीलतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाउने र सबै पक्षबाट सहयोग लिने विषयमा जोड दिइएको छ। मुख्य छलफलका बुँदाहरू: * महाशिवरात्रि तयारी: […]

  काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाएको हो । नेपालमा उत्पादन बढेको र भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ । यसअघि माघ २२ गते ठूलो […]

२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको […]

error: Content is protected !!