२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कुवेतबाट नेपाल फर्किएका कोरोनाको आशंकामा विमानस्थलबाट सिधै पाटन अस्पताल

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौँ कुवेतबाट स्वदेश फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। उनको नमुना परीक्षण भइनसकेका कारण कोरोना भाइरस हो वा होइन भन्ने बारे भने पुष्टी हुन बाँकी नै छ। विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने गरिएको थियो। तर टेकुमा बेड खाली नभएको गलत म्यासेका कारण उनलाई पाटन लगिएको बताइएको छ। यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो तर बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, टेकु अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताउनुभयो। ती विरामीको आज अर्थात मंगलबार नमुना परीक्षण गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!