३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कुवेतबाट नेपाल फर्किएका कोरोनाको आशंकामा विमानस्थलबाट सिधै पाटन अस्पताल

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौँ कुवेतबाट स्वदेश फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंका गरिएको छ। सोमबार विहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको हो। उनको नमुना परीक्षण भइनसकेका कारण कोरोना भाइरस हो वा होइन भन्ने बारे भने पुष्टी हुन बाँकी नै छ। विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने गरिएको थियो। तर टेकुमा बेड खाली नभएको गलत म्यासेका कारण उनलाई पाटन लगिएको बताइएको छ। यहाँ पनि आइसोलेसन वार्ड खाली नै थियो तर बेड खाली छैन भन्ने म्यासेज बाहिर गएकाले पाटन पठाइएको रहेछ, टेकु अस्पतालका प्रवक्ता डा। अनुप बास्तोलाले बताउनुभयो। ती विरामीको आज अर्थात मंगलबार नमुना परीक्षण गर्ने तयारी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!