२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

सबै तहका परीक्षा पूर्वनिर्धारित समय अनुसारनै सञ्चालन हुने

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं नपरीक्षा तयारीमा जुटेका लाखौं विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसारनै सञ्चालन हुने भएको छ।
नेपालमा कोरोना भाइरसको सङ†क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो
अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध रूपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेका छन् ।
चैत ५ भित्र नौ सम्मको परीक्षा सकिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा नौ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएसँगै हाल विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेका छन ।
चैत पहिलो या दोस्रो साताबाट परीक्षा गर्ने आन्तरिक तयारी विद्यालयले गरे पनि अब चैत ५ भित्रै परीक्षा सकिनेछ भन्ने खबर गोरखापत्र दैनिकमा छ। परीक्षा सकिएपछि झन्डै एक महिना विद्यालय बन्द जस्तै हुने र ठूलो भीड नहुने भएकाले परीक्षा तालिका केही अघि सारिएको थियो । एसईई चैत ६ बाटएसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!