२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सबै तहका परीक्षा पूर्वनिर्धारित समय अनुसारनै सञ्चालन हुने

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं नपरीक्षा तयारीमा जुटेका लाखौं विद्यार्थीको परीक्षा पूर्वनिर्धारित कार्यतालिका अनुसारनै सञ्चालन हुने भएको छ।
नेपालमा कोरोना भाइरसको सङ†क्रमणले विद्यालय तथा उच्च शैक्षिक संस्था बन्द हुने तथा विद्यार्थीको वार्षिक परीक्षासमेत पर सर्ने सम्भावना औँल्याइए पनि पूर्वनिर्धारित तालिका अनुसार परीक्षा सञ्चालन हुने भएको हो
अब सबै तहको परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछन् । सम्बद्ध अधिकारीले विद्यार्थीलाई निर्वाध रूपमा परीक्षाको तयारीमा जुट्न र अभिभावकलाई समेत विचलित नहुन आह्वान गरेका छन् ।
चैत ५ भित्र नौ सम्मको परीक्षा सकिने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा नौ सम्मको परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएसँगै हाल विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेका छन ।
चैत पहिलो या दोस्रो साताबाट परीक्षा गर्ने आन्तरिक तयारी विद्यालयले गरे पनि अब चैत ५ भित्रै परीक्षा सकिनेछ भन्ने खबर गोरखापत्र दैनिकमा छ। परीक्षा सकिएपछि झन्डै एक महिना विद्यालय बन्द जस्तै हुने र ठूलो भीड नहुने भएकाले परीक्षा तालिका केही अघि सारिएको थियो । एसईई चैत ६ बाटएसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]