२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

शिशुलाई जन्म दिएर केही घण्टामा सडकमा छोडेर आमा वेपत्ता

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६


एक गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिइन्। जन्म दिएको केही घण्टामै सडकमा शिशु छोडेर आमा वेपत्ता भएकी छिन्। घटना भारतको उत्तर प्रदेशस्थित कानपुरको हो। कानपुर जिल्लाको डफरिन अस्पतालमा शनिबार एक गर्भवति महिला भर्ना भइन्। आइतबार ती महिला डेलिभरी भइन्। उनको कोखबाट एक स्वस्थ बच्चाको जन्म भयो। केही घण्टापछि ती आमा आफ्नो बच्चालाई लिएर अस्पतालबाट भागिन्। महिला आफ्नो शिशुसहित अस्पतालबाट भागेपछि डाक्टर तथा नर्स तनावमा थिए। केही समयपछि थाहा भयो की त्यहाँको नविन मार्केटको सडकमा नवजात शिशु भेटियो। वेवारिस् शिशु फेला परेपछि त्यसको सुचना प्रहरीलाई दिइयो। अनुसन्धानपछि ती बच्चा अस्पतालबाट भागेकी महिलाको भएको खुलासा भयो। बच्चालाई अहिले कानपुरको एक अस्पतालको आइसीयूमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीले शिशुकी आमाको खोजी भइरहेको जनाएको समाचारमा उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!