०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

आज देखि ३ दिनसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान महाशाखा

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं हाल देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल देशको केहि पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पूर्वि तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राती देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ सहित वर्षाको संभावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार दिउँसोः देशभर आंशिक बदलि रहनेछ। अपरान्ह पछि पूर्वि तथा मध्य पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पहाडि भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। बुधबार दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। रातीः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा तथा मध्य र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। बिहिबार दिउँसोः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ। रातीः देशभर आँशिक रहनेछ। पहाडि भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ सहित वर्षाको संभावाना छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]