२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज वडा प्रहरीले होलीमा अमर्यादित कार्य गर्नेहरु ५९ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

सागर थापा/महेन्द्र सिंह
बाँकेमा होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा वडा प्रहरी कार्यालय नेपालगन्जले ५९ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने, अत्यधिक मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका ५९ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी बस्नेतले जानकारी दिएका छन् ।
त्यसैगरी उक्त उत्सृंखल कार्यमा प्रयोग भएका १५१ वटा मोटरसाईकल स्कुटी लगाएतलाई नियन्त्रणमा लिएको वडा प्रहरीले जनाएको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने तथा चाड पर्वलाई मर्यादित बनाउने प्रहरीको बिशेष अभियान अन्तरगत भएको निगरानीमा नेपालगन्जको विभिन्न ठाउँबाट उनिहरुलाई पक्राउ गरिएको र अनुसन्धान भैरहेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!