२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

सरकारले अनुगमन नगर्दा कालोबजारी चिनी नुन र ग्यासको अभाव बजारमा

Logo
प्रकाशित मंगलबार, फाल्गुण २७, २०७६

काठमाडौं भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ । चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को त्रासमा खाद्यान्नको आयात रोकिने भयले खाद्यान्नको माग ह्वात्त बढेपछि अहिले भक्तपुरको बजारमा नुन, चिनी र ग्यासको अभाव भएको छ भने अन्य खाद्यान्नमा व्यापारीले मनोमानी मूल्य असुल्न थालेका छन् । भक्तपुरमा कालोबजारी नियन्त्रण गर्ने गरी सोमबारसम्म जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बजार अनुगमन गरेका छैनन् । भक्तपुरको बजारमा मास्क, स्यानेटाइजर, चिनी, नुन र ग्यास नपाएपछि उपभोक्ता यसका लागि भौतारिएका छन् । भक्तपुरको जगातेदेखि नुन र चिनी लिनका लागि मध्यपुरथिमि राधेराधेको भाटभटेनी सुपरमार्केटमा आउनुभएकी रमिता श्रेष्ठले यहाँ पनि नुन र चिनी नपाएको बताउनुभयो । “भक्तपुरको मुख्यमुख्य बजारमा तीन दिनदेखि गइसके, नुन, चिनी र ग्यास पाइँन”, उहाँले भन्नुभयो “भाटभटेनीमा पाइन्छ भनेर आको, यहाँ पनि एक सातादेखि सिद्धिएको छ आएको छैन भन्छन्, समस्या पो पर्ने हो ।” भाटभटेनी सुपरमार्केटमा मात्रै नभई विभिन्न खाद्य पसल सञ्चालकलाई यतिखेर भ्याइनभ्याइ छ । न्यू खाद्य स्टोरका सञ्चालक प्रवीण श्रेष्ठले केही दिनयता चामल, दाल, गेँडागुडीमा केही प्रतिशत मूल्यवृद्धि भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बजारमा खाद्यान्नको माग एकदमै बढ्यो, पुराना स्टक सामान सकियो, नयाँ सामान ल्याउँदा होलसोल मै मूल्य बढ्यो अनि हामीले पनि बढाउन बाध्य भयौँ ।” दालमा प्रतिकिलो रु १० देखि रु २५ सम्म मूल्यवृद्धि भएको बताउँदै उहाँले नुन र चिनी आफ्ना नियमित आउने ग्राहकलाई पनि दिन नसकेको बताउनुभयो । मध्यपुरथिमि कौशल्टार मिनीमार्टका सञ्चालक पवन थापाले नुन र चिनी बजारमा कतै पनि नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सामान ल्याउने डिलरले नै नुन र चिनी पठाएको छैन, चिनी किलोको रु १०० दिन्छु भने पनि छैन, ग्यास त झन अभाव छ ।” विशेष गरी रेष्टुराँ, होटल र ठूला औद्योगिक कार्यालयले महँगो रकम तिरेर धेरै सङ्ख्यामा ग्यास लैजाँदा उपभोक्ताले अभाव झेल्नुपरेको ग्यास व्यापारी बताउँछन् । बजारमा नुन, चिनी र ग्यास नपाए पनि चामल, दाल, तेलको मूल्य भने आकाशिएको छ। भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बजारमा कालोबजारी बढेको र सामानको अभाव सिर्जना भएको गुनासो सुनेको बताउँदै बजार अनुगमनको तयारी भइरहेको जानकारी दिनुभयो। भक्तपुर सूर्यविनायकको ग्यास विक्रेताले हल्लाकै भरमा एकैदिन २०० खाली ग्यास सिलिण्डर आएर थुप्रिएको बताउँदै चार दिनदेखि ग्यास नआउँदा उपभोक्तालाई दिन नपाएको बताउनुभयो । ग्यास विक्रेता सुमन काफ्लेले भन्नुभयो, “एउटैले चार वटासम्म ग्यास मागेका छन्, एउटालाई एउटाको दरले ग्यास दिन पनि सकिएको छैन, सरकार ग्यास जति भए पनि छ भन्छ, हामीले उपभोक्तालाई दिन पाएको छैनाँै, सरकारले सबै डिपोमा छापा मारे लुकाएको भए ग्यास आफैँ बाहिर आउँछ।” उपभोक्ता भने ग्यास, चिनी, नुनको अभाव छैन भने सरकारले स्थानीय तहसँग समन्वय गरी प्रत्येक घरपरिवारका लागि वडावडामा लगेर सरकारले निर्धारण गरेको मूल्यमा वितरण गर्नुपर्ने बताउँछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तनहुँ । ब्यास नगरपालिका–५ चापाघाटस्थित पृथ्वीराजमार्गमा असंवेदनशील रूपमा पशु ओसारपसार गर्ने एक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको चेकिङ टोलीले आइतबार राति ५ वटा गोरुसहितको पिकअप गाडी नियन्त्रणमा लिएको हो। थर्पुबाट आँबुखैरेनी तर्फ जाँदै गरेको टाटा योद्धा पिकअपमा कुनै कागजात नभएको र पशुलाई निकै कष्ट हुने गरी ‘असंवेदनशील’ रूपमा राखेर […]

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्ले*ले आज *२०८३।०२।२५ गते* काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुखको रूपमा पदभार ग्रहण गरेका छन्। *पदभार ग्रहण गर्दै उनले दिएका निर्देशन:* 1. *निरन्तरता + ऊर्जा*: ट्राफिक प्रहरीले गर्दै आएका कामलाई निरन्तरता दिँदै थप ऊर्जाका साथ अघि बढ्ने। 2. *त्रुटिरहित सेवा*: कागज र व्यवहार दुवैमा त्रुटि नहुने गरी […]

नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ। बिदा आवश्यक हो कि होइन भन्ने विषयमा समाजमा फरक–फरक धारणा छन्। केही मानिसहरू दुई दिनको बिदाले कर्मचारी, शिक्षक तथा श्रमिकहरूको कार्यक्षमता बढ्ने तर्क गर्छन् भने केहीले हाम्रो जस्तो विकासोन्मुख र आर्थिक रूपमा कमजोर मुलुकका लागि धेरै बिदा उपयुक्त नहुने बताउँछन्। तर बिदा दिने वा […]

error: Content is protected !!