२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

गृहसचिव न्यौपानेद्वारा नेपाल प्रहरीको अस्पताल निरीक्षण

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

सागर थापा
काठमाडौं गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन दिएका छन् ।
सो अवसरमा गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधिन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गरे ।
निर्देशन सम्बोधनको क्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अस्पतालमा विभिन्न भवनहरु निर्माणाधिन अवस्थामा रहेको सुखद पक्ष भएको चर्चा गर्दै गृहसचिव न्यौपानेले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुनुपर्ने बताए ।
प्रहरी अस्पताल सबै प्रहरी कर्मचारी र नागरिक समेतको आशाको केन्द्र भएकोले यसबाट प्रवाह गर्ने सेवामा कुनै पनि विभेद गर्न नहुने उनले चर्चा गरे । अस्पताल भन्नासाथ सरसफाई महत्वपूर्ण विषय भएकोले अस्पतालका हरेक स्थानहरुमा सरसफाईमा विशेष ध्यान दिनुपर्ने उनले बताए । अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे ।
उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताए ।
रोगको पहिचान र मानवीय संवेदनासँग समेत जोडिएको विषय चिकित्सा सेवामा जोडिएर कर्तव्य पालना गर्न पाउनु कार्यरत प्रहरी कर्मचारीको अवसर भएकोले प्रहरी कर्मचारीहरुले सेवाभावको उत्कृष्टता प्रस्तुत गर्दै सेवा प्रवाह गर्नुपर्ने उनले चर्चा गरे । गृहसचिवज्यूलाई सेवा प्रवाह सहित अस्पतालमा स्वागत गर्न पाउँदा हौसला प्राप्त भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्राप्त सारगर्भित निर्देशन सम्बोधनलाई अक्षरस पालना गरिने बताए ।
अस्पतालका मेडिकल डाईरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले प्रहरी अस्पतालको गतिविधि र भावी योजना सम्बन्धि जानकारी दिएकि थिइन् भने उक्त कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुखहरुले २४ घण्टाभित्र अस्पतालमा भएका गतिविधिहरुबारे संक्षिप्त जानकारी गराएका थिए ।
निर्देशन सम्बोधन कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!