०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

दुहुली लिन गएका जन्तीहरु रित्तै फर्किए

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

काठमाडाैं महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ । अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो । उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् । यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ । उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकासको बाटोमा अघि बढेको दाबी गरेका छन् । ग्वार्कोको ओभर पास उद्घाटन कार्यक्रममा बोल्दै दैलेखमा नेपाललाई कम्तीमा ५० वर्षलाई पुग्ने मिथेन ग्यास पत्ता लागेकोप्रति खुसी साटेका छन् । उनले भने, ‘११२ अर्ब घनमिटर ग्यास होला लगभग, ५० वर्ष नेपाललाई पुग्ने गरी ग्याँस अब त्यहाँबाट पैदा हुन्छ । फ्लाइओभर […]

रुपन्देही । भैरहवा लागुऔषध दुरुपयोग तथा ओसार पसार विरुद्ध अन्तर्राष्ट्रिय दिवश- जुन २६, २०२५ को अवसरमा जिल्ला प्रशासन कार्यालय भैरहवा रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.०५ हाटबजार स्थित जिल्ला प्रशासन कार्यालको सभाहलमा समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेज्यूको अध्यक्षतामा सम्पन्न […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ । मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित सडक र सवारी लक्षित […]

error: Content is protected !!