०२ माघ २०८२, शुक्रबार
16-01-2026 , Fri
×

दुहुली लिन गएका जन्तीहरु रित्तै फर्किए

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

काठमाडाैं महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ । अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक बस्नेतले जानकारी दिनुभयो । उन्तीस वर्षीय बेहुलाले १८ वर्षीया बालिकालाई विवाह गर्न लागेको सूचना महिला अधिकारकर्मीले इलाका प्रहरी कार्यालय गजुरीमा दिएका थिए । आमा समूहमा आबद्ध महिला अधिकारकर्मीले बालविवाहको घटना बढेको अवस्थामा उजुरी गर्न बाध्य भएको बताएका छन् । यसैगरी नीलकण्ठ नगरपालिका–६ का १७ वर्षीय बालक र १६ वर्षीया बालिकाबीच विवाह भएको सूचनापछि प्रहरीले बालकलाई पक्राउ गरेको छ । बालिकालाई ‘सेफहाउस’मा पठाइएको छ । उनीहरुले यही फागुन २ गते भागेर विवाह गरेको जनाए पनि महिला अधिकारकर्मीको उजुरीका आधारमा बालविवाह रोकिएको र फागुन २७ गते बालविवाह मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, […]

काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो । श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो। चार महिनापछि […]

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख-२ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति लुटपाट भएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको छ । पैसा लुटेर भग्ने क्रममा स्थानीयको होहल्लापछि लुटेराहरूले केही पैसा भएको बोरा छाडेर भागेका थिए भने खोजतलासका क्रममा घटनास्थलको २-३ किलोमिटरको एरियाभित्र केही रकम फेला पारिएको जिल्ला […]

error: Content is protected !!