०६ माघ २०८२, मंगलबार
20-01-2026 , Tue
×

काठमाडौं चोभारमा भेटिएको महिलाको शव पहिचान खुल्न बाँकी

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

काठमाडौँ चोभारको जङ्गलमा फेला परेको एक महिलाको शवसँगै विषको सिसी पनि फेला परेको बताइएको छ। अन्दाजी ४० वर्षीया महिलाको शव आज फेला परेको हो। शवसँगै विषको सिसी पनि फेला परेकोले उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ। गाई चराउन गएका मानिसले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको शव भेटिएको ठाँउ भन्दा २० फिटमाथि होटेल समेत छ। घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । होटेलमा बसेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने टिकट बिक्री गरिरहेको भन्दै कार्यकर्ताहरु मूल ढोकामा विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामस्थित होटेल मिथिला यात्री निवास अगाडि प्रतिनिधिसभा निर्वाचन क्षेत्र सर्लाही-३ का रास्वपा कार्यकर्ताहरु धर्ना दिएर विरोध प्रदर्शन गरिएको हो । रास्वपाको उम्मेदवार छनौट प्रक्रियामा सहभागी कार्यकर्तालाई छाडेर आजै पार्टी प्रवेश गरेको डाक्टर अमरेश […]

कैलाली । नेपाली काङ्ग्रेसले कैलालीका सबै निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाएको छ । कैलाली-१ मा जनकराज चौधरी, २ मा विजय स्वाँर, ३ मा भीम बडुवाल र ४ मा वीरबहादुर बलायर उम्मेदवार चयन भएका छन् । यस्तै, कैलाली-५ बाट नारायण शाह उम्मेदवार बनेका छन् । शाह नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कांग्रेस कैलालीका पूर्व […]

काठमाडौं । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले आज प्रधानमन्त्री सुशीला कार्की समक्ष राजीनामा बुझाएका हुन्। उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउने भएको छ। कार्की नेतृत्वको मन्त्रिपरिषद्‌बाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पनि पदबाट राजीनामा दिइसकेका छन्।

error: Content is protected !!