१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

मेडिकलमा शिशुलाई बन्धक बनाउने विमकला पाण्डे पाँच वर्ष कैद

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

काठमाडाैं पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ । मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले रु ५० हजार क्षतिपूर्ति र रु ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभएको छ । शिशु लिएर फरार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गिरफ्तार गरेको थियो । प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अपहरण गरेकी हुन् । सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन् । ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भागेकी हुन् । छोरी भएको ठाउँ अस्पतालको माथिल्लो तलामा केहीबेरसम्म पर्खिंदा पनि नआएपछि बल्ल शिशु हराएको परिवारले पत्तो पाएका थिए । शिशु लिएर कालीगण्डकी ए परियोजनामा सरसफाइ कर्मचारीका रुपमा कार्यरत उनी सोही स्थान कार्यालयको कोठामा पु¥याएकी थिइन् । शिशु हराएको भन्दै अस्पतालबाट प्रहरीमा जानकारी भएलगत्तै खोजी गर्दा पाण्डेलाई बच्चासहित कोठामा भेटिएको थियो । सामाजिक सञ्जालभरि शिशु हराएको सूचना पाएका स्थानीयले बच्चा रोएको र उनी गर्भवती नभएकाले आशङ्कामा प्रहरीलाई खबर गरेका थिए । सुत्केरीको भेषमा नाटक तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!