२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

मेडिकलमा शिशुलाई बन्धक बनाउने विमकला पाण्डे पाँच वर्ष कैद

Logo
प्रकाशित बुधबार, फाल्गुण २८, २०७६

काठमाडाैं पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ । मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले रु ५० हजार क्षतिपूर्ति र रु ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभएको छ । शिशु लिएर फरार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गिरफ्तार गरेको थियो । प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अपहरण गरेकी हुन् । सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन् । ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भागेकी हुन् । छोरी भएको ठाउँ अस्पतालको माथिल्लो तलामा केहीबेरसम्म पर्खिंदा पनि नआएपछि बल्ल शिशु हराएको परिवारले पत्तो पाएका थिए । शिशु लिएर कालीगण्डकी ए परियोजनामा सरसफाइ कर्मचारीका रुपमा कार्यरत उनी सोही स्थान कार्यालयको कोठामा पु¥याएकी थिइन् । शिशु हराएको भन्दै अस्पतालबाट प्रहरीमा जानकारी भएलगत्तै खोजी गर्दा पाण्डेलाई बच्चासहित कोठामा भेटिएको थियो । सामाजिक सञ्जालभरि शिशु हराएको सूचना पाएका स्थानीयले बच्चा रोएको र उनी गर्भवती नभएकाले आशङ्कामा प्रहरीलाई खबर गरेका थिए । सुत्केरीको भेषमा नाटक तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!