०६ बैशाख २०८१, बिहिबार
18-04-2024 , Thu
×

नेपाल प्रहरीका ९ जना महिला कमान्डरहरु जनपदतर्फका शान्ति सुरक्षामा

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

नेपाल प्रहरीका ९ जना महिला कमान्डरहरु जनपदतर्फका शान्ति सुरक्षामा प्रत्यक्ष खटिएका हुन्छन् भने प्राविधिकतर्फका आ–आफ्नो विशेषज्ञताको जिम्मेवारीमा हुन्छन् । उनीहरुको दरबन्दी, भर्ना र बढुवासमेत भिन्न–भिन्न हुन्छ ।
पार्वती थापा र विमला थापा नेपाल प्रहरीको ६४ वर्षे इतिहासमा नायव महानिरीक्षक (डीआईजीपी) मा पुगेका पहिलो महिला हुन् । उनीहरुले केही वर्षअघि अवकाश पाएपछि प्रहरीमा कुनै पनि महिला डीआईजी बनेका छैनन् ।
प्राविधिकतर्फ भने अहिले नेपाल प्रहरीको उच्च पद अतिरिक्त महानिरीक्षक (एआईजीपी) मा डा. आशा सिंह छिन् । नेपाल प्रहरीको सबैभन्दा उच्च पदमा रहेकी सिंह नेपाल प्रहरीको अस्पताल प्रमुखसमेत हुन् । सिंह त्यस्तो सौभाग्यशाली बनिन्की जो सो पदमा रहेकी महिलाकै उत्तराधिकारी बनेर आइन् । यसअघि सो पदमा डा. दुर्गा थापा पुन थिइन् ।
प्रहरीमा माथिल्लो पदमा पुग्ने पहिलो महिलाको इतिहास बनाएकी पुनले ३० वर्षे सेवा अवधिका कारण अवकाश लिएपछि वरिष्ठतामा आफूभन्दा अगाडि रहेका डीआईजीपीलाई उछिनेर सिंह एआईजीपी बनिन् ।
पार्वती थापा, विमला थापा, डा. आशा सिंह र डा. दुर्गा थापा पुन नेपाल प्रहरीमा उदाहरणीय पात्र हुन् । ६४ वर्षको इतिहासमा नेपाल प्रहरीमा महिलाको संख्या अपेक्षाकृत रुपमा बढिरहेको छ । नेपालमा गणतन्त्र स्थापनापछि लागू भएको समानुपातिक समावेशी व्यवस्थाले प्रहरीमा महिला सहभागिता बढ्दो छ ।
गत असोजमा साढे तीन हजार दरबन्दी थपिएपछि करिब ८० हजारको दरबन्दी रहेको नेपाल प्रहरीमा करिब ६ हजार महिला छन् । यो जनपद र प्राविधिक दुवैतर्फ गरेर हो ।
प्रहरीमा हाल ७९ हजार ५२३ जनाको दरबन्दी छ । प्रहरीमा जनपद र प्राविधिक गरी जवानदेखि प्रहरी महानिरीक्षक (आईजीपी)सम्मको पदमा आईजीपी र डिआइजीपी बाहेकको पदमा महिला पुगेका छन् ।
प्रहरी अस्पतालको कमाण्डरमा एआईजीपी डा. आशा सिंह
सिंह नेपाल प्रहरीको एआईजीपी पदमा पुगेर प्रहरी अस्पतालको प्रमुख हुने दोस्रो महिला हुन् । उनी प्रहरीको माथिल्लो तहमा पुग्ने पहिला मधेसी महिलासमेत हुन् ।
सिंह २०७५ पुस १ गते प्राविधिक डीआईजीपीमा बढुवा भएकी थिइन् । उनी आफूसँगै डीआईजीपीमा बढुवा भएका डा. मिनराज पाठक र डा. सुमनराज श्रेष्ठलाई पछि पार्दै एआईजीपी बनिन् ।
प्रहरी अस्पताल प्रमुख एआईजीपी दुर्गा थापा पुनले ३० वर्षे सेवा अवधिका कारण गत पुस ३ गते अवकाश पाएपछि माघ ८ गते सिंह सो पदमा पुगेकी थिइन् ।
पहिलो इन्स्पेक्टर पूजा सिंह संघीय प्रहरी इकाई पोखरामा
नेपाल प्रहरीमा २०४९ मा खुल्ला प्रतिस्पर्धाबाट इन्सपेक्टरमा एकजना महिलाको नाम निस्कियो– पूजा सिंहको । जनपदतर्फ इन्सपेक्टरमा नाम निकाल्ने उनी पहिलो महिला हुन् । उनी अहिले संघीय प्रहरी इकाई पोखराको प्रमुख छिन् ।
२०७९ सम्म प्रहरी सेवामा रहने उनी डीआईजीपीमा बढुवाका लागि प्रतिस्पर्धामा छिन् । उनी २०७५ वैशाखमा एसएसपीमा बढुवा भएकी थिइन् ।
मेट्रोमा एसएसपी किरण बज्राचार्य
२०५१ सालमा नेपाल प्रहरीको निरीक्षक (इन्सेपेक्टर) पदमा पहिलो पटक चारजना महिलाको प्रवेश भयो । तीमध्येकी हुन् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्य । उनी २०७५ वैशाखमा एसएसपीमा बढुवा भएकी हुन् ।
बज्राचार्य महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीमा कार्यरत छिन् । केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)मा कार्यरत छँदा मानव बेचबिखनविरुद्ध उत्कृष्ट काम गरेकी बज्राचार्य सन् २०१६ मा ‘टिआईपी रिपोर्ट हिरो’ छानिएर वर्ष हिरो व्यक्ति घोषित भएकी थिइन् ।
उनले प्रदेश नं. २ को ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रमुखको जिम्मेवारीसमेत निर्वाह गरेकी छिन् ।
यूएन मिसनमा एसएसपी मिरा
नेपाली प्रहरीको एसएसपी मिरा चौधरी संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा छिन् । उनी २०५१ सालमा इन्सपेक्टरबाट प्रहरीमा प्रवेश गरेकी हुन् । किरण बज्राचार्जसँगै इन्सपेक्टरबाट प्रहरीमा प्रवेश गरेकी उनी २०७५ वैशाखमा एसएसपीमा बढुवा भएकी हुन् ।
चौधरीले डीएसपी हुँदा बालाजु वृत्त, पाल्पा र एसपी हुँदा मकवानपुरको प्रहरी प्रमुख भएर काम गरेकी छिन् ।
कुकुरविज्ञ एसएसपी देउती गुरुङ
नेपाल प्रहरीमा चारजना एसएसपीमध्येकी एक देउती गुरुङ कुकुरविज्ञ छिन् । उनी प्राविधिकतर्फकी एसएसपी हुन् ।
११ एसपीमा ५ जनपद, ६ प्राविधिक
नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) पदमा ११ जना महिला छन् । तीमध्ये ५ जना मात्रै जनपदमा छन् । बाँकी ६ महिला प्राविधिकतर्फ छन् ।
प्रतिस्पर्धामा पछि एसपी किरण र दुर्गा
२०५१ सालमा इन्सपेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गर्ने चार महिलामध्येकी हुन् एसपी किरण राणा र दर्गा सिंह । उनीहरुसँगै इन्सपेक्टरमा भर्ना भएका किरण बज्राचार्य र मिरा चौधरी गत २०७५ वैशाखमै एससएसपीमा बढुवा हुँदा राणा र सिंह भने अझै एसपीमै छन् ।
राणाले भक्तपुर र सिंहले दाङको प्रहरी प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका छन् । राणा प्रहरी प्रधान कार्यालयको महिला शाखा र सिंह महानगरीय प्रहरी परिसर, ललितपुरमा कार्यरत छन् । उनीहरु दुवैजना अबको बढुवामा एसएसपी हुनेछन् ।
जिल्ला हाँक्दै पन्त र सिग्देल
जनपदतर्फ अन्य तीन एसपीमध्ये गंगा पन्त जिल्ला प्रहरी प्रमुखको नेतृत्व गर्दैछन् । उनको मंसिरमा नै चितवन प्रमुखमा सरुवा भएको थियो । तर विवादका कारण उनी चितवन जान सकेनन् । पछि उनलाई पर्सा जिल्ला प्रमुखको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, एसपी रञ्जु सिग्देल जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नेतृत्व गरिरहेका छन् । एसपी तारा थापा प्रहरी तालिम केन्द्रमा कार्यरत छिन् । पन्त र थापा २०५६ मा इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन् भने सिग्देल २०५८ मा प्रवेश गरेकी हुन् ।
२२ डीएसपीमा ५ जनपद र १७ प्राविधिक
नेपाल प्रहरीमा नायव उपरीक्षक (डीएसपी)मा २२ जना महिला छन् । तीमध्ये जनपदतर्फ ५ जना मात्रै छन् । बाँकी १७ जना प्राविधिकतर्फ छन् ।जनपदतर्फबाट ५ डीएसपीमा बसुन्धरा खड्का २०६१, दिप्ती कार्की र अञ्जना श्रेष्ठ २०६३ तथा छिरिङ किया र चिनिमाया तामाङ २०६४ मा इन्स्पेक्टर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

   (महेन्द्र सिंह ) नेपालगन्जको जमुनाह नाकाबाट भारततर्फ लैजादै गरिएको अवस्थामा प्रहरीले तीन जना व्यक्तिसहित १२ सय ८० प्याकेट चुरोट बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक रविन्द्र बमको कमाण्डको टोलीले चेकजाँचका क्रममा  आज बिहान जमुनाह हुँदै भारततर्फ लैजादै गरेको उक्त १२ सय ८० प्याकेट खुकुरी चुरोटसहित तीन जनालाई पक्राउ गरेको […]

(एबिसि संचार )                                                              नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको […]

(एबिसि संचार )                                                                बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ […]