२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

देउखुरी कुखुरा पालक किसान समुहको प्रेस सल्लाहकारमा गुप्ता नियुक्त

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

सागर थापा
दाङ फागुन २९ देउखुरी कुखुरा पालक किसान समुहको प्रेस सल्लाहकारमा पत्रकार अोमप्रकाश गुप्ता नियुक्त भएका छन् । संघको बिहीबार सिसहनियाँमा बसेको कार्यसमितिको बैठकले गुप्तालाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बसेको बैठकले फागुन ३० गते देखि लागू हुने जिउँदो कुखुरा तथा फ्रेस मासुको मुल्य समायोजन गर्ने निर्णय गरेको छ । जस अनुसार जिउँदो ब्रोइलर कुखुरा प्रति केजि २ सय रूपैयाँ र फ्रेस मासु प्रति केजी ३ सय रूपैयाँ कायम गरेको छ । र बैठकले देउखुरीका सबै स्थानीय तहमा कुखुरापालन ब्यबसायमा देखिएको समस्या समाधानका लागि डेलिकेसन जाने निर्णय पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!