०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

१४ बर्ष पछी हत्या आरोपमा फरार बाबुछोरा पक्राउ

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

(सागर थापा )चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबुछोरालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो। आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो। घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए। प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो। पक्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!