२५ जेठ २०८३, सोमबार
08-06-2026 , Mon
×

कोरानाको कारण वैदेशिक रोजगारीबाट फर्केका ५६ प्रतिशत बेरोजगारमा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

काठमाडौं वैदेशिक रोजगारीबाट फर्केकामध्ये ५५.८ प्रतिशत युवा बेरोजगार रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनअनुसार पाँच वर्ष वैदेशिक रोजगारीमा बिताएर फर्केका ४१ प्रतिशत व्यक्ति काम खोज्नै प्रयास गर्दैनन्।
पर्केकामध्ये १४.३ प्रतिशत व्यक्तिले काम खोजेर पनि पाउन नसकेको ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ मा उल्लेख छ।
प्रतिवेदनअनुसार वैदेशिक रोजगारीबाट फर्केका ७५ प्रतिशत महिला बेरोजगार छन्। उता आर्जन गरेको पुँजी, सीप र प्राविधिक ज्ञानलाई उपयोग गरी स्वरोजगार बन्नेको संख्याभन्दा बेरोजगार हुनेको संख्या बढी छ।
४२.२ प्रतिशत मात्रै रोजगार तथा स्वरोजगारमा संलग्न भएको अध्ययनले देखाएको छ। प्रतिवेदनअनुसार कुनै पनि काममा संलग्न नहुने र बेरोजगार हुनेमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका बढी छन्। त्यसपछि गण्डकी प्रदेश र प्रदेश ५ का युवा बेरोजगार छन्।
स्वदेश फर्किएका श्रमिकमध्ये ७५ प्रतिशतभन्दा बढी अनौपचारिक क्षेत्रमा संलग्न छन्। भारतबाट फर्किएकामध्ये ८६ प्रतिशत अनौपचारिक क्षेत्रमै संलग्न छन्। अन्य मुलुकबाट फर्किने श्रमिकमध्ये ३१ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न हुने गरेको अध्ययनले देखाएको छ।
वैदेशिक रोजगारीबाट फर्केका ठूलो संख्या बेरोजगार हुँदा स्वरोजगार बनाउन सरकारले कुनै भूमिका निर्वाह गर्न सकेको छैन। विदेशबाट फर्केका युवालाई १० लाखसम्म बिनाधितो सहुलियत कर्जा दिने प्रावधान ल्याइए पनि १८ हजारभन्दा बढी इच्छुकमध्ये सय जनाले पनि ऋण पाउन सकेका छैनन्।
श्रममन्त्री रामेश्वरराय यादवले श्रमबजारमा आउने पाँच लाख युवालाई नै स्वदेशमै व्यवस्थापन गर्ने गरी सरकार अघि बढेको बताए।
प्रतिवेदनअनुसार भारतबाट फर्केका ५१ प्रतिशत, मलेसियाबाट ३४.३ प्रतिशत, खाडी मुलुकबाट ३९.६ प्रतिशत र अन्य मुलुकबाट ४५.९ प्रतिशत कुनै पनि काम गर्दैनन्।
त्यस्तै भारतबाट फर्केका ११.९ प्रतिशत, मलेसियाबाट १४.९ प्रतिशत, खाडीबाट फर्केका १५.७ प्रतिशत र अन्य देशबाट फर्केका ११.२ प्रतिशतले काम खोजे पनि नपाएर बेरोजगार बस्न वाध्य छन्।
विदेशबाट फर्केका अधिकांशले रोजगारी पाउँदैनन्। आफैं लगानी गरेर स्वरोजगार बन्न चाहे पनि उपयुक्त वातावरण नबन्दा पुनः वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ।
श्रम मन्त्रालयका सचिव विनोद केसीले कामदारको क्षमता बढाउन सके फर्केर आएर कोही पनि बेरोजगार बस्नु नपर्ने बताए।
विदेशबाट फर्किनेमध्येमा ४३ प्रतिशत खाडीबाट फर्किन्छन्। भारत र मलेसियाबाट फर्किनेको संख्या २५÷२५ प्रतिशत छ। अन्य मुलुकबाट सात प्रतिशत कामदार फर्किने गरेका छन्।
करारपत्र सम्झौता अवधि सकेर २४.१ प्रतिशत मात्रै स्वदेश फर्किने गरेका छन्। १२ प्रतिशतले अझ राम्रो अवसरका लागि स्वदेश फर्किन्छन्। त्यसबाहेक प्रतिकूल स्वास्थ्य अवस्था, अवाञ्चित कार्य वातावारण, चोटपटक तथा शारीरिक अशक्तताका कारण पनि स्वदेश फर्किने गरेका छन्।
विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्नेको संख्या आधाभन्दा बढी छ। यस्तै रोजगारीमा संलग्नमध्ये आधाभन्दा बढीले विदेशमा सिकेको सीप प्रयोग गर्ने गरेका छन्। विदेशमा कार्यरत ४५.६ प्रतिशत आधारभूत पेसामा संलग्नमध्ये स्वदेश फर्केर २३.६ प्रतिशत सोही पेसामा काम गरेका छन्। विदेशबाट फर्केकामध्ये सबैभन्दा केरै कृषि तथा कृषिजन्य पेसामा संलग्न छन्।
मेसिनरी सञ्चालक, हस्तकला सम्बन्धी व्यवसाय, कृषि व्यावसायीकरण, सेवा र बिक्री क्षेत्र, प्राविधिक क्षेत्र लगायतमा संलग्न हुनेको संख्या विदेशको तुलनामा बढी रहेको पाइएको छ।
युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले देशमा उद्यमशीलता बढाउन स्वरोजगार प्राधिकरण बनाउनु आवश्यक रहेको बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *लक्ष्य किन भेटिएन होला – मुख्य कारणहरू:* *१. तस्करी र चोरी पैठारी बढेको* खुला सीमा + साना गल्लीबाट पोका-पारी सामान भित्रिने। काँडे तार लगाए पनि १ नं गेट छोडेर अरू ठाउँबाट ओसारपसार हुन्छ। भन्सार नछिरी आएको सामानको राजस्व शून्य। *२. Under-invoicing र गलत वर्गीकरण* पहिला कुरा गरेका थियौं। महँगो सामानलाई कम मूल्य देखाएर […]

दाङ । राप्ती गाउँपालिका-१ भालुबाङ* सडक खण्डमा २०८३।०२।२ गते दिउँसो करिब ३:३० बजे लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको टोलीले एक जनालाई पक्राउ गरेको छ। *पक्राउ परेका:* *साकिर खान, ४२ वर्ष*, कपिलबस्तु जिल्ला, शिवराज नगरपालिका-५, पर्चिया बस्ने *बरामद:* शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा खानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनले लुकाईछिपाई […]

दाङ । नेपाललाई समृद्ध, आत्मनिर्भर र उत्पादनमुखी अर्थतन्त्रतर्फ लैजान केवल भाषण, नारा र योजनाले मात्र पुग्दैन। देशभित्र रहेका नागरिकसँगै विदेशमा रहेका लाखौँ नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई विकासको अभियानसँग जोड्न सकियो भने नेपालले छोटो समयमै ठूलो आर्थिक फड्को मार्न सक्छ। अहिले विश्वका विभिन्न देशमा लाखौँ नेपाली श्रम, व्यवसाय र अध्ययनका लागि रहेका छन्। उनीहरूले […]

error: Content is protected !!