२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा दादुरा रुबेलाको खोप सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

दाङ फागुन ३० घोराही उपमहानगरपालिका भित्र दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम सुरुवात गरिएको छ । शहरी स्वास्थ्य केन्द्र नयाँ बजार तीनकुनेमा एक औपचारीक कार्यक्रमको आयोजना गरि खोप र पोलियो थोपा खुवाउने अभियानको सुरुवात गरिएको हो ।
उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाले कार्यक्रमको आयोजना गरि नगर प्रमुख नरुलाल चौधरीले साढे २ बर्षका मोहम्मद नविललाई पोलियो थोपा खुवाएर अभियानको सुरुवात गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, प्रहरी प्रमुख जनक भटराई, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज मदन वली सहितका स्वास्थ्यकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नगरभित्रका २० हजार ३ सय २१ जना जन्मेदेखी ५ बर्ष सम्मकालाई पोलियो थोपा र १६ हजार ७ सय ४२ जना ९ महिना देखी ५ बर्ष सम्मका बालबच्चालाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]