२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङमा दादुरा रुबेलाको खोप सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

दाङ फागुन ३० घोराही उपमहानगरपालिका भित्र दादुरा रुबेला विरुद्धको खोप अभियान र पोलियो थोपा खुवाउने कार्यक्रम सुरुवात गरिएको छ । शहरी स्वास्थ्य केन्द्र नयाँ बजार तीनकुनेमा एक औपचारीक कार्यक्रमको आयोजना गरि खोप र पोलियो थोपा खुवाउने अभियानको सुरुवात गरिएको हो ।
उपमहानगरको जनस्वास्थ्य प्रबद्र्धन शाखाले कार्यक्रमको आयोजना गरि नगर प्रमुख नरुलाल चौधरीले साढे २ बर्षका मोहम्मद नविललाई पोलियो थोपा खुवाएर अभियानको सुरुवात गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, प्रहरी प्रमुख जनक भटराई, वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल, स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, शहरी स्वास्थ्य केन्द्रका इन्चार्ज मदन वली सहितका स्वास्थ्यकर्मी, पत्रकारहरुको उपस्थिती रहेको थियो ।
नगरभित्रका २० हजार ३ सय २१ जना जन्मेदेखी ५ बर्ष सम्मकालाई पोलियो थोपा र १६ हजार ७ सय ४२ जना ९ महिना देखी ५ बर्ष सम्मका बालबच्चालाई दादुरा रुबेला रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!