२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ ट्राफिकमा ४ जना ट्राफिक जवानहरु हवलदारमा बढुवा

Logo
प्रकाशित शुक्रबार, फाल्गुण ३०, २०७६

सागर थापा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेश अनुसार प्रहरी जवान पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका ४ जना प्रहरी हवल्दारहरुलाई शुक्रबार जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मीले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
उक्त अवसरमा रेग्मीले पदोन्नती भएका प्रहरी हवल्दारहरू (देपेन्द्र डाँगी) (लाल बहादुर देउवा) (लोकेन्द्र बिष्ट) (हरी बोहरा जैसी) लगाएतलाई बधाई तथा शुभकामना दिदैं पदोन्नती बृत्ति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको र जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।
उनले अनुशासन तथा ईमान्दारिता फौजीको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवा, सुरक्षा र ट्राफिक व्यवस्थापन कार्यमा सकृय रहन निर्देशन समेत दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!