०२ साउन २०८२, शुक्रबार
18-07-2025 , Fri
×

चितवनमा खुलेआम लुटियो ९ लाख

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएको हो । उहाँहरुलाई खैरहनी नगरपालिकामा जग्गा खरिद गरिदिने भन्दै अनिल राई नामका व्यक्तिले बोलाएको र उनैले पैसा लुटेको पीडितले जनाएका छन् ।
राईले जग्गा बैना गर्ने भनी मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएर लुटेको प्रहरीले जनाएको छ । राईले पैसा भएको झोला लिएर मोटरसाइकलमा भागेको प्रहरीले जानकारी दिएको छ । उनको खोजीकार्य भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]

error: Content is protected !!