३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

कोरोनाको प्रकोपले शान्ति मिसनमा जाने नेपाली सुरक्षाकर्मीहरु रोकिए

Logo
प्रकाशित शनिबार, चैत्र ०१, २०७६

काठमाडौँ विश्वभर कोरोना भाइरसको प्रकोप बढेसँगै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत छनोट भएर त्यसतर्फ जाने तयारीमा रहेका सुरक्षाकर्मी रोकिएका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट मिसन जाने तयारीमा रहेका सबै सुरक्षाकर्मीलाई राष्ट्रसंघको आग्रहमा रोकिएका हुन् । नेपाली सेनाबाट राष्ट्रसंघको दक्षिण सुडानमा तैनाथ युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (अनमिस) अन्तर्गत तैनाथ हुन लागेको करिब सात सय जना सम्मिलित गण तहको फौज रोकिएको छ । त्यस्तै अनमिसका लागि प्रहरीबाट युनाइटेड नेसन्स पुलिस (अनपोल) अन्तर्गत छनोट भएका अधिकृतस्तरका १७ जनाको टोली पनि अर्को निर्णय नभएसम्म जान पाउने छैनन् । सशस्त्र प्रहरीका अधिकृतको पनि मिसन यात्रा दुई महिना धकेलिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हाल मिसनमै तैनाथ कर्मचारीको बसाइ दुई महिना थप भएकाले तत्काल नेपालबाट जान रोकिएको बताए । ‘कोरोना भाइरसको प्रकोप न्यूनीकरणअन्तर्गत मिसनमा कार्यरतको म्याद दुई महिना थप भएको हो,’ खनालले भने, ‘दुई महिनापछिको अवस्था के हुन्छ, त्यसपछि मात्रै यताबाट जाने वा स्थगनको निर्णय यथावत् हुने भन्नेबारे निर्णय हुन्छ ।’ कोरोनाको असरले इटाली, भियतनाम र इन्डोनेसियाका लागि तय भएको नेपाल प्रहरीको विशेष तालिम पनि रद्द गरिएको छ । प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीका अनुसार इटाली र इन्डोनेसियाका १र१ र भियतनामका लागि दुईवटा तालिम रद्द गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!