०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ जना काठमाडौँबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र ०६, २०७६

एबिसी क्राईम ब्युरो
काठमाडौं १७ वर्षीया कि’शोरीलाई सा’मूहिक ब’लात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौँको नैकापबाट दाङका एक युवासहित तीन जनालाई प’क्राउ गरेको छ ।
मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सा’मूहिक बला’त्कार गरेको बताएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।
‘गस्ती गएको टोलीले बिहान २ बजे किशोरीलाई भेटेका थिए। आफू बला’त्कृत भएको उनले बताएपछि हामीले थप अनुसन्धान थालेका थियौं,’ डिएसपी श्रेष्ठले भने, ‘त्यसपछि नैकापबाटै हामीले तीन जना विभिन्न सवारीसाधनका सहचालकलाई प’क्राउ गरेका हौं।’
प्रहरीले दाङ राप्ती गाउँपालिका- १ का २४ वर्षीय संजय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका-९ का १९ वर्षीय पासाङ तामाङ र रामेछाप गोकुलगंगा गाउँपालिका-२ का १९ वर्षीय कपिल खड्कालाई प’क्राउ गरेको हो।
काठमाडौंबाट धादिङ जान हिँडेकी ती किशोरीलाई तीन जना सहचालकले आफूहरूले पुर्याइदिने भनेर कुराएको र बला’त्कार गरेको किशोरीले बताएकी छन्। डिएसपी श्रेष्ठका अनुसार किशोरीलाई सडक किनार पार्किङ गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकमा ज’बरज’स्ती क’रणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
पक्राउ परेकाहरूलाई मुलुकी अ’परा’ध सं’हिता २०७४ को क’रणी सम्ब’न्धी क’सुरमा अनुसन्धान तथा कारवाही भइरहेको वृत्तले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]