१९ बैशाख २०८३, शनिबार
02-05-2026 , Sat
×

जनता कर्फ्युलाई अटेरी गरि जथाभावी हिने पक्राउ गर्छाै निरिक्षक: सारू

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

(बिदुर एमसी)
भालुवाङ चैत ११ इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अतिअावश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन बमोजिम पक्राउ गरि कडा कारवाही गरिने बताएका छन् ।
कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले मंगलबार विहान ६ बजे देखि चैत्र १८ गते विहान ६ सम्म देशलाई लकडाउन गरेपछि भालुवाङ प्रहरीले सुरक्षा व्यवस्थालाई थप बजबुद बनाएको छ । प्रहरी निरिक्षक सारूका अनुसार भालुवाङ प्रहरीले प्युठान रोड,राप्ती पुल,लालमटिया,मसुरीया,माैरीघाट र सिसहनियाँ बजार क्षेत्रमा गरी करिव ५० जना नेपाल प्रहरी परिचालन गरेको बताए । साथै राप्ती गाउँपालिका क्षेत्रमा कोरोना सचेतना संदेश माइकिङ समेत गरिएको प्रहरी निरिक्षक सारूले बताएका छन् ।
त्यस्तै सिसहनियाँ प्रहरीले पनि सुरक्षा व्यवस्थालाई कडा बनाएको छ । प्रहरी चाैकी सिसहनियाँका प्रहरी नायव निरिक्षक गोपालकुमार मल्लले अटेरी गरि पसल खोल्ने,अत्यावश्यक गाडी बाहेक अन्य गाडी चलाउनेलाई नियन्त्रणमा लिने बताएका छन् । यता सर्वधारणले भने लकडाउनको उंलघन गरि हिडिरेको देख्न सकिन्छ भने निजी गाडी,अटो र मोटरसाइकल समेत लकडाउनको उलंघन गरेर चलाइरहेको देखिएको छ । भने बजार क्षेत्र भने अत्यावश्यक वाहेक सवै पसल पुर्णरूपमा बन्द भएका छन् । बजार बन्द भएपछि बजार क्षेत्र सुनसान रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी, थारु समुदायको परापूर्व कालदेखि चल्दै आएका कला, संस्कृति र पहिचानलाई सहजरूपमा पुस्तान्तरण गर्न समुदायले आफैं गम्भीरतापूर्वक लाग्नुपर्ने लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यको भनाइ रहेको छ । प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा बिहीबार थारू आयोगले आयोजना गरेको थारु समुदायसँग सम्बन्धित नीति तथा कार्यक्रम कार्यान्वयनको अवस्था सम्बन्धी समीक्षा कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले […]

दाङ । देउखुरी, बिहीबार दिउँसोदेखि लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशन सुरु भएको छ । पहिलो बैठकमा संघीय सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएको विषयदेखि आगामी बजेटका प्राथमिकतासम्मका विषयमा व्यापक छलफल भएको छ । प्रदेश सभा सदस्यहरूले बैठकमा समृद्ध प्रदेश निर्माणका लागि योजनाबद्ध ढंगले कार्यक्रम बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । त्यसैअनुरूप शिक्षा, स्वास्थ्य, कृषि लगायतका […]

दाङ । *मुख्य बुँदाहरू: कहाँ*: घोराही १५, तुलसीपुर चोकदेखि दामोदर चोकसम्म*कहिले*: २०८३ बैशाख १७ गते – *के भन्यो अनुगमन टोलीले*: 1. फुटपाथभन्दा एक हात पर मात्र सामान राख्ने 2. ग्राहकलाई उभिने र सामान छान्ने ठाउँ बनाउने 3. फुटपाथ पूर्ण रूपमा खाली राख्ने 4. छाताले पैदलयात्रु नघोच्ने र ह्यांगरमा झुन्ड्याएका कपडाले नछुने गरी राख्ने 8155 *अनुगमनमा […]

error: Content is protected !!