०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

कोरोना रोक्न काठमाडौं महानगरले उपत्यकामा औषधि छर्किदैं

Logo
प्रकाशित बिहिबार, चैत्र १३, २०७६

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ लाई थप फैलन नदिनका लागि सार्वजनिकस्थलमा कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । यस क्रममा आज बिहान स्थानीय बबरमहल, बानेश्वर, तीनकुने, सिनामङ्गलm जमल, लाजिम्पाट पानीपोखरी हुँदै महाराजगञ्ज र वसन्तपुर आसपास र भित्री क्षेत्रमा केन्द्रित गरी उक्त औषधि छर्किएको थियो । कामपाका प्रमुख विद्यासुन्दर शाक्यका अनुसार बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म छर्कने कामलाई शहरभरि पु¥याउने रणनीतिका आधारमा काम भइरहेको बताउनुभयो । सरकारले लकडाउन गरेको दोस्रो दिनदेखि कामपाले उक्त कार्य शुरु गरेको हो । कामपा, नगर प्रहरी महाशाखा प्रमुख धनपति सापकोटाका अनुसार अहिले पनि उक्त कार्यलाई निरन्तरता दिइएको छ। मानिसको भीडभाड बढी हुने स्थान वीर अस्पताल, भित्री शहरका असन, इन्द्रचोकसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, कालीमाटी तरकारी बजारलगायत स्थानमा पहिलो दिन (कीटनाशक) औषधी छर्कने कामको शुरुआत भएको थियो । कामपाले पहिलो चरणमा चार हजार लिटर क्षमताका तीन ट्याङ्करमार्फत कीटनाशक औषधि छर्किन शुरु गरेको र आवश्यकतानुसार थप गर्न सकिने सापकोटाले बताउनुभयो। प्रमुख शाक्यले नागरिकलाई समस्या आए तत्काल जनप्रतिनिधिलाई खबर गर्न आग्रह गर्दै जुनसुकै समय पनि जनप्रतिनिधिलाई सम्पर्क गर्न सकिने बताउनुभयो। यससँगै कामपाले ब्रुमरबाट सडक सफा गर्ने काम पनि निरन्तर रुपमा गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को कल्लुपर्वा टोलमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को ११ सदस्यीय टोल समिति गठन भएको छ। आज सम्पन्न कार्यक्रममा पार्टीका महासचिव राजा सिंह, जिल्ला नेता शैलेन्द्र सिजापति, वडा नं. १४ का वार्ड इन्चार्ज रमजान अलि राई, केन्द्रीय सदस्य माजिद हासमी, समाजसेवी इसाक हासमी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा […]

काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो। त्यसक्रममा तामाङ च्यापिएकी थिइन्। बसमा ६ जना सवार थिए। घाइते तामाङको उद्धार गर्ने […]

दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ। स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ। किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।

error: Content is protected !!