११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

मुस्लमी धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न सरकारको आह्वान

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ । मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त हुँदै आएको थियो । जमैतका अध्यक्ष मौलाना अर्शद मदानीले शुक्रवार आफ्नै घरमा बसेर प्रार्थना गर्न समस्त मुसलमान धर्मावलम्बीहरुलाई आग्रह गर्नुभएको हो । उहाले भन्नुभयो “मस्जीदमा भेला भएर प्रार्थना गर्नुको सट्टा घरमै बसेर प्रार्थना गर्न आग्रह गर्दछु ।” मुस्लीम धर्मावलम्बीहरूले हरेक दिन पाँच पटक प्रार्थना गर्दछन्। “सबै मान्छेले भेला हुने कार्यलाई अस्वीकार गर्नुपर्दछ, मानव जीवन रक्षाका लागि यो अत्यावश्यक छ” उहाले भन्नुभयो। सरकारी निकायहरुको आग्रह र निर्देशनलाई समेत मध्यनजर गर्दै यस्तो आग्रह गरिएको अध्यक्ष मदानीले बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । सामाजिक सञ्जालमा भाइरल गायक अशोक दर्जीलाई एक किशोरले थप्पड हानेको र ‘पैसा चोरी गरेको’ आरोप लगाएको भिडिओ सार्वजनिक भएसँगै उनका शुभचिन्तक चिन्तामा परेका छन् । गायक दर्जीले आफूमाथि अन्याय भएको र योजनाबद्ध रूपमा फसाइएको भन्दै इलाका प्रहरी कार्यालय अनारमनी, झापामा दिएको लिखित निवेदन पनि सार्वजनिक भएको छ । केही सेकेन्डको भिडियो हिजो राति […]

काठमाडौं । हो,धेरै वर्षदेखि कुरिएको नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ। *सुरुङको लम्बाइ २.६८ किमी मुख्य सुरुङ नेपालको सबैभन्दा लामो सडक सुरुङ जोड्ने काठमाडौंको नागढुङ्गा र धादिङको सिस्ने खोला पहिले ४५ मिनेट-१ घण्टा लाग्ने बाटो अब ५-६ मिनेटमै पार हुन्छ वर्षामा पहिरो, जाम र दुर्घटना घट्ने। तराई-मधेसबाट काठमाडौं आउने सवारीलाई धेरै राहत […]

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

error: Content is protected !!