१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

खुसीको खबर कोरोना औषधी जापानले पत्ता लगायो

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

३४० बिरामी निको
काठमाडौं चीनका चिकित्सा अधिकारीहले जापानमा इन्फ्ल्युइन्जा विरुद दिइएको एउटा औषधि कोरोनाका विरामीको उपचारमा प्रभावकारी भएको पाइएको छ । चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारी जियान सिनमिनले जापानको फुजी कम्पनीले विकास गरको फाभिपिराभिर नामक औषधि चीनको बुहान र सेन्जेन प्रान्तमा क्लिनिकल परीक्षणका रुपमा ३४० विरामीमा प्रयोग गरिएको र सो औषधि निकै प्रभावकारी भएको पाइएको थियो ।
यो औषधि कोरानाकोउपचारमा निकै सुरक्षित र प्रभावकारी पाइएको चिनियाँ अधिकारीलाई उद्धृत गर्दै दि गार्जियनले जनाएको छ । कोरोना भाइरस पोजेटिभ देखिएका विरामीलाई औषधि दिँदा चार दिनमा नै विरामीमा कोरोना नेगेटिभ देखिएको थियो । समान्यतया अन्य औषधि दिँदा ११ दिन लाग्ने गरेको जापानी टेलिभिजन संस्था एनएचकेले जनाएको छ ।
साथै सो फाभीपिराभिर नामका औषधि दिइएका विमामीको फोक्सोको अबस्थमा ९१ प्रतिशितले सुधार भएको र अन्य औषधि दिइएकमा ६२ प्रतिशत मात्र सुधार भएको जनाइएको छ ।जापानी चिकित्सकहरूले कोरोनाको समान्य खालको लक्ष्यण भएका विारमीमा क्लिनिकल परीक्षण गर्दा यसबाट विरामीमा भाइरसको बृद्धिदरमा कमी आएको बताएका थिए । तर जापानी स्वास्थ्य मन्त्रालय स्रोतले भने ग’म्भीर संक्रमण भएका विरामीमा भने त्यति धेरै प्रभावकारी नभएको बताएका छन् । गोरखापत्र अनलाइनमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!