१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

वडा प्रहरी चन्द्रौटामा १ जना हवलदार अहिर असइमा बढुवा

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

(सागर थापा) प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्र आदेश अनुसार प्रहरी हवलदार पदबाट असइ पदमा बढुवा भएका १ जना असइलाई शनिबार वडा प्रहरी कार्यालय कपिलवस्तु चन्द्रौटाका प्रहरी प्रमुख प्रहरी निरीक्षक दिपेश खरेलले एक कार्यक्रमका बीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
उक्त अवसरमा खरेलले पदोन्नती भएका प्रहरी हवल्दार ईन्द्रजित अहिरलाई बधाई तथा शुभकामना दिदैं पदोन्नती बृत्ति विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको र जेष्ठता, कार्यक्षमता, कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायिकता अनुशासन र ईमान्दारिताको मुल्यांकन गर्दै पदोन्नती गरिएको बताए ।
उनले अनुशासन तथा ईमान्दारिता फौजीको सबैभन्दा ठूलो गहना रहेको चर्चा गर्दै आफ्नो जिम्मेवारीमा रहेर कार्यक्षेत्रमा उत्तरदायित्व वहन गरी आगामी दिनमा अझै परिस्कृत हुँदै राष्ट्र र नागरिकको सेवा सुरक्षा र प्रहरी व्यवस्थापन कार्यमा सकृय रहन वडा प्रहरी प्रमुख चन्द्रौटाका प्रहरी निरीक्षक खरेलले निर्देशन समेत दिएका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!