२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

राप्ती गाउँपालिका १ अध्यक्ष डिसीद्वारा सुरक्षाकर्मीलाई मास्क स्यानी टाइजर वितरण

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

(बिदुर एमसी)
दाङ चैत १५ भालुवाङमा सुरक्षा निकाय केन्द्रित गरेर मास्क र स्यानी टाइजर वितरण गरिएको छ । दाङको पूर्वी देउखुरीमा राप्ती गाउँपालिका वडा न १ ले भालुवाङ्गस्थित सुरक्षा निकायलाई मास्क र स्यानी टाइजर दिइएको हो ।
विभिन्न ठाउँबाट आएका मानिसहरुसित प्रत्यक्ष रूपमा खटेर काम गर्नुपर्ने भएकोले सुरक्षा निकायका कर्मचारीहरुलाई ती सामग्री वितरण गरिएको वडा नम्बर १ का वडाध्यक्ष ताराबहादुर डि सीले बताएका छन् ।
काेभिड 19, काेराेना भाइरसको सङ्क्रमणबाट सुरक्षाकर्मिहरुलाई सुरक्षा गर्नका लागि सो सामानहरु वितरण गरिएको अध्यक्ष डि सीले जनाएका छन् । अहिलेकाे अवस्थामा सबैभन्दा बढी जाेखिममा सुरक्षाकर्मिहरु भएकोले ती सामग्री वितरण गर्नुपरेको पनि अध्यक्ष डि सीको भनाइ रहेकोे छ ।
शनिबार अपरान्ह भालुवाङ्गकाे पुल्चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि भएको साे वितरण कार्यक्रममा ट्राफिक प्रहरी इञ्चार्ज रञ्जित अाचार्य, इलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रसनी खडकबहादुर खत्री, प्रहरी हवल्दार सीता बस्नेत, वडा सदस्य श्यामलाल पाेख्रेल र एबिसी संचारका पत्रकार बिदुर एमसी लगायत अन्य व्यक्ति विशेषहरुकाे उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!