२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस

Logo
प्रकाशित शनिबार, चैत्र १५, २०७६

केसर बिशवकर्मा(आफन्त नेपाल कपिलवस्तु जिल्ला संयोजक)
कुनै पनि देश महामारीको चपेटामा पर्नु राम्रो त होइन तर हामिले देखिरहेका छौ कयौ बिकसित देश आज रोइरहेको छ स्थिति नियन्त्रण बाहिर गएको छ । परिवारको सदश्यले मृत्युबरण गर्दै गर्दा हेरेर बस्नु पर्ने बाध्यता छ । अझ भन्नू पर्दा मृतक शरीर उठाउन सक्ने अबस्था छैन । सायद कल्पना गर्न सकिँदैन तर बिकसित सन्चार माध्यम बाट हेर्दै गर्दा आफ्नो परिवारको सदश्य मृत्यु भैरहदा हार गुहार,चिच्यावट र आँसु कसैले सुन्न सक्ने अबस्था छैन त्यो परिदृश्यले हामिलाई पाठ मात्र होइन प्रशस्त सुरक्षीत हुने मौका र समय पाएका छौ ।
दुख र कष्टमा अनेकौ समस्यहरु त अबस्य झेल्न्नु पर्दछ अझ हाम्रो देशको जीवन शैली र जिबनयापनलाई हेर्ने हो भने त कयौं परिवारमा चुलो बल्न धौधौ होला,कयौं बालबच्चा भोकभोकै बस्नु पर्ने अबस्था पनि आउला,दैनिक मजदुरी गरेर जीवन चलाउने परिवार लाखौं छन जुन यो परिस्थितिमा सम्भब छैन मजदुरी गर्न यसका लागि भोकमरिको त्यो खाडललाई पनि राज्यले त्यतिकै गम्भीरतापुर्ण हेर्नू पर्दछ ।
विशेष केही दिन देखिको लकडाउन र जनस्तरमा परेको एक किसिमको पिडा अत्यन्त दुख दायी छ तर समय र महामारिको चपेटामा गुज्रिएका देशहरुको अबस्था हेर्दा महिनौ सम्म लकडाउन गर्नु पर्ने देखिन्छ त्यो पनि पुर्ण रुपमा संकटकाल नै लगाएर । अहिले नियन्त्रण भन्दा बाहिर गएका देशहरु पनि एक दुई हुँदै यो अबस्था मा पुगेका हुन स्वास्थ्य क्षेत्रमा अब्बल रहेका देशहरु पनि नराम्रो सङ्ग चुक्यो सायद त्यहाँ राज्य र जनताको कहि न कहि कमजोरी भएरै हो । हामीले प्रसस्त समय पाएकै हो अझै समय छ त्यो कहाली लाग्दो परिबेश र कहालीलाग्दो घटनाहरु बाट जोगिने । सायद हामी भाग्यमानी देशका नागरिकहरु पनि हौँ सयौं देशले महामारी बेहोरिरहनु पर्दा हामिलाई पुर्ब तयारी को समय प्रसस्त पाएका थियौ तर यो हुँदा हुँदै पनि आजको दिन सम्म पाचौं संक्रमण पुष्टि भैसकेको छ त्यही पनि प्राय बाहिर बाट आउनेहरुमा मात्र उहाँहरुको पुर्न स्वास्थ्यलाभको कामना गरौ ।अन्य देशमा जस्तो स्थिति बढ्दै गयो भने स्वास्थ्य क्षेत्रमा कमजोर हाम्रो देशको अबस्था कस्तो होला कल्पना गर्न सकिदैन भोलि हामी पनि त्यही देसको अबस्थामा पुग्नेछौ जुन हाम्रो आँसु र रुवाई कसैले देख्ने छैन । सरकारले गरेका निर्णयलाई सबै नागरिकले आ-आफ्नो ठाउबाट पुर्ण सहयोग गरौं सरसफाईलाई ध्यान दिउ र सबैले कामना गरौं मेरो सुन्दर देश भोलि लासै लासको शहर नबनोस सबै प्रतिबद्ध भै लकडाउनलाई सफल पारौ र पहिलो चरणमा नै यो महामारीलाई निर्मुल पार्न सकौ । मेरो सुन्दर देश महामारीको चपेटामा नपरोस ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]