२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कोरोनाको कारण अदालतको आदेश २१ जना कैदीबन्दहरु रिहा..

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

सिरहा अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ । भीडका कारण कोभिड–१९ संक्रमण जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकी रहेका कैदीलाई छाड्न आदेश दिएपछि कैदीहरू छुटेका हुन् । ती कैदीहरूलाई कैद बरावर जरिवाना लिएर छाड्न सर्वोच्चले आदेश दिएका थियो । सोही आदेशअनुरूप सोमबार २१ जनालाई छोडेका हुन् ।
कारागारमा संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया पु¥याएर छाडिएको जेल प्रमुख बविता महतोले जानकारी दिइन् । क्षमताभन्दा धेरै कैदीबन्दी रहेकाले सिरहा कारागारमा पछिल्लो दिनमा आफन्तहरूसँगको भेटघाट बन्द गरिएको प्रमुख महतो जानकारी दिइन् । जहाँ पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदी बन्दीको क्षमता रहेको छ । तर, हाल ५ सय ६१ जना कैदीबन्दी रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]