२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

कोरोनाको कारण अदालतको आदेश २१ जना कैदीबन्दहरु रिहा..

Logo
प्रकाशित आइतबार, चैत्र १६, २०७६

सिरहा अदालतको आदेशपछि सिरहा काराकागारले २१ जना कैदीलाई रिहा गरेको छ । भीडका कारण कोभिड–१९ संक्रमण जोखिम बढ्ने कुरालाई मध्यनजर गर्दै सर्वोच्च अदालतले एक वर्षभन्दा कम कैद भुक्तान बाँकी रहेका कैदीलाई छाड्न आदेश दिएपछि कैदीहरू छुटेका हुन् । ती कैदीहरूलाई कैद बरावर जरिवाना लिएर छाड्न सर्वोच्चले आदेश दिएका थियो । सोही आदेशअनुरूप सोमबार २१ जनालाई छोडेका हुन् ।
कारागारमा संक्रमण फैलिन सक्ने विषयलाई लिएर सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया पु¥याएर छाडिएको जेल प्रमुख बविता महतोले जानकारी दिइन् । क्षमताभन्दा धेरै कैदीबन्दी रहेकाले सिरहा कारागारमा पछिल्लो दिनमा आफन्तहरूसँगको भेटघाट बन्द गरिएको प्रमुख महतो जानकारी दिइन् । जहाँ पुरुष एक सय ३५ र महिला १५ सहित एक सय ५० कैदी बन्दीको क्षमता रहेको छ । तर, हाल ५ सय ६१ जना कैदीबन्दी रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

error: Content is protected !!