२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

फुलवारीमा सुरक्षा समितिले वाहिरवाट आएकालाई घरभेट गर्ने

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(देविराम कुसारी)
दाङ चैत्र १७ कोरोना भाइरस विरुद्ध् सक्रिय रुपमा लागेको तुलसीपुर उप– महानगपालिका १३ फुलवारीको सुरक्षा समितिले वाहिर वाट आएकालाई घर भेट गर्ने भएको छ ।
समितिका संयोजक एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले विदेश वाहिर वाट आएकालाई घर भेट गर्ने निर्णय गरेको हो । वाहिर वाट आएका व्यक्तिको तथ्यांक संकलन समेत गरेको समितिले त्यी व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने वा नराख्ने नगर स्वास्थ्य प्रमुखसंग समन्वय गर्ने पनि निर्णय गरेको समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिनुभएको छ । वैठकले यो संक्रमणका वेला वाहिर वाट आएका व्यक्तिलाई घरमै गएर कोरोनाको वारेमा सचेत रहन जानकारी गराउने र समस्या भएमा क्वारेन्टाइनमा लैजान सक्ने सम्मको निर्णय गरेको समितिका सदस्य हरिहर पौडेलले जानकारी दिनुभएको छ ।
वैठकमा इलाका प्रहरी कार्यालय फुलवारीका प्रमुख खड्गबहादुर बुढा र अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रमुख बलबहादुर सुनारले आ–आफ्नो क्षेत्रको अवस्था वारेमा जानकारी गराउनुभएको थियो । वैठकले सरकारले लागु गरेको लक डाउन फुलवारीमा ६० देखी ६५ प्रतिस कार्यान्वयमा रहेको पनि ठहर गरेको छ । अगमी दिनमा यस्लाई पुर्ण पालना गर्न गराउन अनुमगमनलाई व्यापक वनाइने भएको छ । समितिले यस अघि सचेतनाका लागि माइकिङ, अनुगमन, तथ्यांक संकलन, माक्स वितरण लगाएतका काम सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!