२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

फुलवारीमा सुरक्षा समितिले वाहिरवाट आएकालाई घरभेट गर्ने

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(देविराम कुसारी)
दाङ चैत्र १७ कोरोना भाइरस विरुद्ध् सक्रिय रुपमा लागेको तुलसीपुर उप– महानगपालिका १३ फुलवारीको सुरक्षा समितिले वाहिर वाट आएकालाई घर भेट गर्ने भएको छ ।
समितिका संयोजक एंव वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको अध्यक्षतामा आज वसेको वैठकले विदेश वाहिर वाट आएकालाई घर भेट गर्ने निर्णय गरेको हो । वाहिर वाट आएका व्यक्तिको तथ्यांक संकलन समेत गरेको समितिले त्यी व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने वा नराख्ने नगर स्वास्थ्य प्रमुखसंग समन्वय गर्ने पनि निर्णय गरेको समितिका सदस्य सचिव विनोद पाण्डेले जानकारी दिनुभएको छ । वैठकले यो संक्रमणका वेला वाहिर वाट आएका व्यक्तिलाई घरमै गएर कोरोनाको वारेमा सचेत रहन जानकारी गराउने र समस्या भएमा क्वारेन्टाइनमा लैजान सक्ने सम्मको निर्णय गरेको समितिका सदस्य हरिहर पौडेलले जानकारी दिनुभएको छ ।
वैठकमा इलाका प्रहरी कार्यालय फुलवारीका प्रमुख खड्गबहादुर बुढा र अस्थाई प्रहरी पोष्ट दमारगाउँका प्रमुख बलबहादुर सुनारले आ–आफ्नो क्षेत्रको अवस्था वारेमा जानकारी गराउनुभएको थियो । वैठकले सरकारले लागु गरेको लक डाउन फुलवारीमा ६० देखी ६५ प्रतिस कार्यान्वयमा रहेको पनि ठहर गरेको छ । अगमी दिनमा यस्लाई पुर्ण पालना गर्न गराउन अनुमगमनलाई व्यापक वनाइने भएको छ । समितिले यस अघि सचेतनाका लागि माइकिङ, अनुगमन, तथ्यांक संकलन, माक्स वितरण लगाएतका काम सम्पन्न गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]