२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बर्दघाट १४ मा टोल बिकास समितीद्वारा सचेतना सहित मास्क साबुन बितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(नन्दु यादव)
नवलपरासी चैत १७ बिस्वमा फैलीरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित शान्ती टोल बिकास समितिले सोमबार आफ्ना टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गरेको छ। टोल भित्रका करिब ८५ घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत आग्रह गरेेेेकाे। बाटोमा ५ बजे पछि मानिसहरुको चहलपहल देखिन थालेपछि टोल बिकास समितिले सामाजिक दुरि कायम गरि यस्तो अभियान चलाएको समितिका अध्यक्ष जगन्नाथ तिवारीले बताए।
समितिले टोल भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गरि खानेहरुका लागि आवश्यक परेको खन्डमा खाधान्न उपलब्ध गराउने गरि उनिहरु को लगत संकलन गरेको छ भने वैदेशिक रोजगारी बाट टोलमा कोहि आए नआएको समेत जानकारी लिएर जोखिम न्यूनीकरणका लागि स्थानीय निकाय सग आवश्यक समन्वय गरिने बताईएको छ। आफ्नो छर छिमेकका बारेमा टोल बासीहरुलाई सबैभन्दा बढी जानकारी हुने हुदा तल्लो तहबाट यसको रोकथाम को प्रयास गर्नु पर्ने हुदा प्रत्येक टोल बिकास समितीहरुले लगत संकलन र आ आफ्ना टोल समुदायमा अपरीचित ब्यक्ती आए नआएको बारेमा जानकारी लिनुपर्ने स्थानिय समाजसेवी माधव तिवारीले बताए। सरकारले लकडाउन गरेपनी साझ पख मदिरा पसल,गाउँ भित्र रहेका भट्टिहरुमा अझै पनि मानिसहरु जम्मा हुने गरेकाले केही ब्यक्तिहरु अझै जागरुक नभएको देखिएकाले टोल बिकास समिती र वडाले त्यसतर्फ पनि गम्भीर ध्यान दिनु जरुरि रहेकाे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]