२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बर्दघाट १४ मा टोल बिकास समितीद्वारा सचेतना सहित मास्क साबुन बितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(नन्दु यादव)
नवलपरासी चैत १७ बिस्वमा फैलीरहेको महामारी कोरोना संक्रमणको फैलावट रोकथाम र नियन्त्रणका लागि बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्ती स्थित शान्ती टोल बिकास समितिले सोमबार आफ्ना टोल बासीहरुलाई सचेतना सहित साबुन र माक्स बितरण गरेको छ। टोल भित्रका करिब ८५ घर धुरिमा संक्रमणका बारेमा र यसबाट जोगिने उपायका बारेमा जानकारी गराउदै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत आग्रह गरेेेेकाे। बाटोमा ५ बजे पछि मानिसहरुको चहलपहल देखिन थालेपछि टोल बिकास समितिले सामाजिक दुरि कायम गरि यस्तो अभियान चलाएको समितिका अध्यक्ष जगन्नाथ तिवारीले बताए।
समितिले टोल भित्र रहेका बिपन्न र दैनिक ज्यालादारी गरि खानेहरुका लागि आवश्यक परेको खन्डमा खाधान्न उपलब्ध गराउने गरि उनिहरु को लगत संकलन गरेको छ भने वैदेशिक रोजगारी बाट टोलमा कोहि आए नआएको समेत जानकारी लिएर जोखिम न्यूनीकरणका लागि स्थानीय निकाय सग आवश्यक समन्वय गरिने बताईएको छ। आफ्नो छर छिमेकका बारेमा टोल बासीहरुलाई सबैभन्दा बढी जानकारी हुने हुदा तल्लो तहबाट यसको रोकथाम को प्रयास गर्नु पर्ने हुदा प्रत्येक टोल बिकास समितीहरुले लगत संकलन र आ आफ्ना टोल समुदायमा अपरीचित ब्यक्ती आए नआएको बारेमा जानकारी लिनुपर्ने स्थानिय समाजसेवी माधव तिवारीले बताए। सरकारले लकडाउन गरेपनी साझ पख मदिरा पसल,गाउँ भित्र रहेका भट्टिहरुमा अझै पनि मानिसहरु जम्मा हुने गरेकाले केही ब्यक्तिहरु अझै जागरुक नभएको देखिएकाले टोल बिकास समिती र वडाले त्यसतर्फ पनि गम्भीर ध्यान दिनु जरुरि रहेकाे बताईएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!