११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

बाँकेका युवाहरूले बाँढे बिपन्न समुदायलाई राहत वितरण

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(महेन्द्र सिंह) बाँके चैत १८ बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत बितरण गरेका हुन ।
उनिहरुले यस्तो बिपत्तिको समयमा कोहि पनि भोकै मर्न नहुने भन्दै चामल,दाल,साबुन लगायतको अत्याबश्यक सामान बितरण गरेका हुन । उनिहरुले करिब ३८ घरपरिबारलाई राहत मुलक सामाग्री बितरण गरेका बताइएको छ । सामाजिक उतरादायित्व भएकाे भन्दै युवाहरूले जटिल परिबेशमा कर्तव्य निभाएकाे बताएका छन ।
बिशेष गरि करमाेहनाका बिपन्न समुदायलाइ १० केजि चामल १ केजि दाल १पोको खाने तेल १ पोको नुन १ वाट हात धुने साबुन ३८ घर परिवारलाई वितरण गरेका हुन । बाँकेका राष्ट्रिय युवासंघका युवा नेता जीत शेष र जानकिगाउपलिका वार्ड ३ कारमोहनाका युवाहरु सहदात आलि,काम्लेश बर्मा भन्दु पसि,दिपेश बर्मा, इर्शाद शेख राजकुमार क्षोत्री लगायतका समाजसेविकाहरुको उपस्थितिमा राहत वितरण गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!