१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

सगरमाथा डेन्टलले स्वास्थकर्मी र सुरक्षाकर्मीलाई गाँसबासको ब्यबस्था गर्ने

Logo
प्रकाशित मंगलबार, चैत्र १८, २०७६

(सागर थापा)
दाङको घोराहीमा रहेको सगरमाथा डेन्टल क्लिनिक घोराहीले लक डाउन अबधिभर स्वास्थकर्मी र सुरक्षाकर्मीहरुलाई सगरमाथा डेन्टल क्लिनिकको भवनमै ४ वटा कोठामै गाँस र बासको व्यवस्था मिलाएको छ । विगत ११ बर्ष देखि सेवा दाङको घोराहीमा सञ्चालमा रहेको सगरमाथा डेन्टलले विश्व्यापी रूपमा फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आफु पनि बच्न र अरुलाई पनि बचाउँनका लागि दिनरात नभनेर नागरिकहरुको उपचारमा सुरक्षामा खटिने स्वास्थ्यकर्मी एवंम सुरक्षाकर्मीहरुको जोखिमको अवस्थालाई मध्यनजर गर्दै खान र बस्नको व्यवस्था मिलाएको सगरमाथा डेन्टलका संचालक ईश्वर पौडेलले बताए ।
साथै दाङमा केही स्वास्थ कर्मीहरुलाई घर बेटीले निकाले पछी मानवीय हराएको भन्दै स्वास्थकर्मी र सुरक्षाकर्मी जनताको लागि ज्यान जोखिममा हालेर दिनरात नभनेर कामको कुनै कदर न हुँदा यो अभियान चलाएको र
बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो रुघाखोकी लागेमा तत्काल नजिकको अस्पतालमा कार्यरत चिकित्सक हरुलाई सम्पर्क गरी स्वास्थ्य परामर्श लागि आग्रह गरेको सगरमाथा क्लिनिकका संचालक पौडेलले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!