२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

पत्रकारलाई राहत प्याकेज दिन कांग्रेस सभापति:देउवाको माग

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

काठमाडौं चैत्र १९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘लक डाउन’ का बेला काम गर्ने पत्रकारलाई अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको छ ।
सभापति देउवाले एक विज्ञप्ति जारी गर्नुहुँदै ‘लक डाउन’ ले व्यवसायर्मा परेको प्रत्यक्ष असरका कारण विज्ञापनको क्षेत्रलाई सोझै आघात पु-याएको बताउनुभएको छ । त्यसको असर सोझै सञ्चार गृहहरुमा परेको भन्दै सभापति देउवाले राज्यको चौथो अंगलाई सम्बोधन हुने गरी अलग्गै राहत प्याकेज दिन सरकारसँग माग गर्नुभएको हो ।
सभापति देउवाले समाचार संकलनमा कार्यरत श्रमजीवी पत्रकारको हकमा सरकारले अलग्गै सुरक्षा र राहत सहितको योजनाको निर्माण गर्न पनि आग्रह गर्नुभएको छ । त्यसैगरी सञ्चारगृहहरुलाई समाचार संकलनका लागि निर्वाद आवतजावतको व्यवस्था गर्न उहाँले सम्बन्धित निकायसँग आग्रहसमेत गर्नु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा मङ्गलबारसम्म आकाश नखुल्ने अनुमान गरिएको छ । मौसमविद् रोजन लामिछानेले आज वाग्मती प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताए ।हाल देशको वायुमण्डलमा उच्चचापीय र पूर्वी भाग नजिकमा तल्लो वायुमण्डलको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।“यस प्रणालीका कारण आगामी केही दिन देशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्ने […]

काठमाडौं । ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार कुमार लुईटेललाई ५ मतले पछि पारेका हुन् ।निर्वाचन आयोगका अनुसार रास्वपाका नेपाल प्रहरीका पूर्व एआइजी पोखरेलले १३ हजार ९५३ मत ल्याउँदा उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवारले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिर बाबु […]

error: Content is protected !!