२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङको गडवामा एक युवतीको रहस्यमय मृत्यु प्रहरीको अनुसन्धान जारी

Logo
प्रकाशित बुधबार, चैत्र १९, २०७६

(बिदुर एमसी) दाङको गडवा देउखुरीमा एक किशोरीको मंगलबार विहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी संदिप रानाकी श्रीमती १८ वर्षिय सपना श्रेष्ठले अाफ्नै घरको कोठामा सलले पासो लगाएर अात्महत्या गरेको देखिए पनि माइतीपक्षले ज्वाईले मारेर झुण्डाएको अारोप लगाएका छन् । गत फागुन ५ गते उनीहरूको प्रेम विवाह भएको थियो । मंगलबार बिहान ११ बजेको समयमा किशोरीको अाफ्नै सुत्ने कोठामा रहस्यमय तरिकाले मृत्यु भएको बताइएको छ । मृतक किशोरीका श्रीमानले भने अाफुले केही पनि नगरेको बताएका छन् । भने किशोरीका माइती पक्षले ज्वाईले छोरीलाई पिट्ने,गाली गर्दै अाएको र लागु अाैषध सेवन गर्ने गरेका कारण पनि मारेर झुन्डिएको अारोप लगाएका छन् । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख प्रहरी निरीक्षक भरत सिंह राठोरका अनुसार मृतक किशोरीको शारीरिक अवस्था र प्रकृति हेर्दा अात्महत्या गरेको हुन सक्ने बताएको छ । तर वास्तविक घटना विवरण भने पोष्टमार्टम भएर मेडिकल रिपोर्ट नअाउदा सम्म केही भन्न नसकिने बताएको छ । माइती परिवारले संदिप विरूद्व किटानी जाहेरी दिने बताएका छन् सन्दीप माथि थप अनुसन्धान हुने र मृतक किशोरीको लमही अस्पतालमा पोष्टमार्टम गरिएको प्रहरी निरीक्षक राठोरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!