३० चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार

Logo
प्रकाशित शुक्रबार, चैत्र २१, २०७६

नेपालगन्ज/ नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो। धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो। नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले अन्नपूर्णसँग भनिन्, ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’
नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीछेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अलपत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन।
जमुनाहा पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले सरकारले घर फर्किन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको सुनाइन्। नेपालबाट प्रदेश सांसद नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीका बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार, एसपी विपिनकुमारबीच बुधबार राति छलफल भएको थियो। सीमामा रहेका नेपालीलाई आधा–आधा व्यवस्थापन गर्ने नीतिअनुरूप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भएको थियो।
‘हामीलाई गोली हान बरु भारतमा जान्नौं। क्वारेन्टाइनका लागि पैसाको अभाव हुन्छ भने हामी आफ्नै खर्चमा खाना खान तयार छौं’, अलपत्र नेपालीको भनाइ उद्धृत गर्दै सांसद नमुनाले भनिन्, ‘नेपाली भूमिमै क्वारेन्टाइन बनाएर राख्छौं भन्दा पनि नेपाल सरकारले जहाँबाट आएका हुन् उतै फर्काउने नीतिले हामीले व्यवस्थापन गर्न सकेनौं। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि अनुरोध गर्यौं। सबैको जवाफ एउटै छ– नेपाल प्रवेश गर्न दिनुहुँदैन।’
नाकामा अलपत्र यात्रीको संख्या बढ्दो छ। बुधबारसम्म १ सय ६३ जना मात्र रहेकामा बिहीबार बिहानसम्म १ सय ८१ पुगेको छ। नेपालले दसगजामा बस्न नदिने र उनीहरू भारत जान नचाहेपछि झन बिचल्ली भएको छ।
सीमा नाकामा रोकिएका नेपाली र भारतीय नागरिक एकअर्काको देशमा क्वारेन्टाइनमा छन्। कोरोनाको जोखिम बढे पनि सीमाबाट आउजाउ नरोकिएपछि दुवै देशले जो जहाँ छन् त्यहीं व्यवस्थापन गर्न थालेका हुन्।
भारतीय सीमा नाका सुनौलीमा तीन दिनसम्म रहेका नेपाली नौतुनहको क्वारेन्टाइनमा छन्। भारत फर्किंदै गरेका भारतीय बेलहियाको क्वारेन्टाइनमा छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दुवै देशका सरकारले सीमा नाकाबाट आवतजावतमा रोक लगाएका कारण उनीहरू सीमामा रोकिएका थिए। सीमामा अलपत्र परे पनि संघीय सरकारले प्रवेश अनुमतिको संकेत नदिएपछि दुवै देशका स्थानीय अधिकारीले समझदारी गरेर क्वारेन्टाइन व्यवस्थापन गरेका हुन्। अन्नपूर्ण पोष्टमाबाट सभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । प्रहरीले तौलिहवा बजारमा स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ बरामद गरेको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा शिवा पटवा भन्ने आशिष कुमार रहेको बताइएको छ। उनलाई शिवराज नगरपालिका-५ ग्यालेक्सी टोलस्थित महेश बरईको घरमा डेरा गरी बस्दै गर्दा पक्राउ गरिएको हो । प्रहरीले बरामद गरेको रकमको स्रोत खुलेको छैन। प्रहरीले […]

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा चैत्र ३० गते सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ समापन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८२ खेलकुद प्रतियोगिता चैत्र २४ गतेदेखि सुरु भएको थियो, जसमा सशस्त्र प्रहरी बल नेपालका विभिन्न बाहिनी मुख्यालयका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल,भलिबल, एथ्लेटिक्स र कबड्डी गरी खेलहरु समावेश गरिएको थियो। विभिन्न […]

डोल्पा । जिल्लाको ठूलीभेरी नगरपालिका-६ काँडातालीमा सोमबार बिहान सडक विस्तारको काम गरिरहेको क्रिस एन्ड क्रस्टिना निर्माण सेवा मुड्केचुलाको डोजर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । डोजर पल्टिँदा काँडातालीका ४५ वर्षीय सिद्दी बुढा र ४२ वर्षीय सुद्दसिंह बूढाको घरको माथिल्लो तला पूर्ण रूपमा भत्किएको छ भने तल्लो तलामा समेत चर्किएको […]

error: Content is protected !!