२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

युवतीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

(सागर थापा)
काठमाडौं एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरका एक युवकलाई पक्राउ गरेको छ ।
बेलकोटगढी नगरपालिका ७ मा सहचालकका रुपमा काम गर्दै आएका भोजपुर पौवादुम्बा –५ का २१ वर्षीय सत्यकुमार राईलाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
आरोपित राईले बेलकोटगढी, दुईपिपलकी युवतीलाई ललाईफकाई गत सोमबार राति त्रिशूली नदीको किनारमा लगी बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार उजुरी दिएपछि पक्राउ गरिएको थियो ।
कैलालीको घोडाघोडी नगरपालिकामा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घोडाघोडी–९ का २४ वर्षीय भुवन रावललाई सोही स्थानकी युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरी शरण भट्टले जानकारी दिनुभएको छ ।
बिहीबार राति करीब १ बजेतिर घरमा सुतिरहेका अवस्थामा घरको कोठामै आएर आफूलाई जबर्जस्ती करणी गरेको युवतीले जाहेरी दिएपछि अनुसन्धानका लागि रावललाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक भट्टले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!