२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै देशमा फर्काउन विमान चार्टर्ड

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौँ चैत २२ नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नेपाल पर्यटन बोर्डसँगको समन्वयमा ती मुलुकले आफ्ना नागरिक चार्टर्ड उडानमार्फत लगिरहेका हुन् ।
पछिल्लो एकसाता दिनहुँजसो चार्टर्ड उडान भए । कतिपय मुलुकले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर्ड गरी तथा केहीले अन्य मुलुकको जहाज चार्टर्ड गरी स्वदेश लगेका छन् । लकडाउनको आज १२औँ दिनको अवधिसम्म एक हजार ५०० भन्दा बढी विदेशी नागरिक फर्किसकेका छन् ।
यसैबीच आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार देशका जहाजले चार्टर्ड उडान गर्दैछन् । जर्मनी र फ्रान्स दूतावासले कतार एयरको दुई जहाज चार्टर्ड गरी आफ्ना नागरिक लैजाने तयारी गरेका छन् । उनीहरुलाई लिन दुवै जहाज काठमाडौँ आइसकेका छन् । त्यस्तै मलेशियाको मालिण्डो एयर, चेक रिपब्लिकन र श्रीलङ्कन एयरले आज चार्टर्ड उडान गर्ने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
कतार एयरवेजको जहाज केहीबेरमा दोहा हँुदै पेरिस पुग्ने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै मलेशियाले नेपालमा रहेका आफ्ना नागरिकलाई मलेशिया एयरलाइन्सबाट फिर्ता लैजानेछ । नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा रहेका नागरिकलाई काठमाडौँ जम्मा गरी सम्बन्धित मुलुक फर्कनका लागि सहजीकरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!