०३ फाल्गुण २०८२, आइतबार
15-02-2026 , Sun
×

नेपालमा फ़ेरि कोरोना सङ्क्रमण थप तीन जनामा देखिएको

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

काठमाडौँ चैत २२ गते कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण थप तीन जनामा देखिएको छ । मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिनुभयो । महिला यसअघि कैलालीमा सङ्क्रमित भेटिएका पुरूषको आफन्त हुन् ।
योसँगै नेपालमा कोभिड–१९ को सङ्क्रमितको सङ्ख्या ९ पुगेको छ । उनीहरुको केही दिनअघि स्वाब लिएकोमा शुक्रबार गरिएको परीक्षणका क्रममा सङ्क्रमण देखिएको महाशाखाका निर्देशक डा. पाण्डे बताउनुभयो । तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । यसअघि विदेशबाट आएकालाई मात्रै कोभिड–१९ को सङ्क्रमण देखिएपनि पहिलो पटक नेपालभित्र कै महिलामा सङ्क्रमण देखिएको हो । गत माघ ९ गते चीनबाट नेपाल आएका विद्यार्थीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । उनी निको भई घर फर्किसकेका छन् । अन्य सङ्क्रमितको भने आइसोसेलनमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) केन्द्रीय समितिले फागुन ५ गते देशभर नेपाल बन्दको घोषणा गरेको छ। पार्टीले माघ २०८२ मा जारी गरेको विज्ञप्तिमार्फत विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक माग अघि सार्दै बन्द आह्वान गरेको हो। पार्टीका अनुसार आसन्न फागुन २१ गते हुने संसदीय चुनाव साम्राज्यवादी डिजाइन अन्तर्गत अघि बढाइएको दाबी गर्दै उक्त चुनाव स्थगित […]

काठमाडौं । आसन्न निर्वाचनका लागि सरकारले भर्ना गरेका एक लाख ५० हजार निर्वाचन प्रहरी मैदानमा खटिएका छन् । कतिपयले निर्वाचन प्रहरीको पोशाक पाइसकेका छन् भने कतिपय जिल्लाहरुमा पाउने क्रम जारी रहेको छ । विभिन्न जिल्लाका प्रहरीका युनिटहरुले भर्ना गरेका निर्वाचन प्रहरीलाई सम्बन्धित प्रहरी इकाइहरुले खटाउँछ । निर्वाचनका लागि भर्ना गरिने सुरक्षा कर्मीलाई यसअघि म्यादी प्रहरी […]

रोल्पा । तालिमका क्रममा निर्वाचन प्रहरीलाई कु*ट्ने दुई प्रहरीजवान कार*बाहीमा परेका छन् । रोल्पामा प्रशिक्षणका क्रममा रहेका १ सय ४ जना निर्वाचन प्रहरीमाथि बिनाकारण कु*टपिट गर्ने प्रहरी जवानद्वय आरके खड्का र तिलक घर्ती मगरलाई विभागीय कार*बाही गरिएको छ । प्रशिक्षणका क्रममा यी दुईले सोमबार बेलुकी कुट*पिट गरेपछि १६ जनालाई उपचारका लागि अस्पताल नै पुर्याउनु परेको […]

error: Content is protected !!