३२ आषाढ २०८३, बिहिबार
16-07-2026 , Thu
×

कैलालीमा कोरोना पुष्टि संख्या बढेपछि वर्दिया र कैलालीसंगका सबै नाका बन्द

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

बर्दिया, २२ चैत । कैलालीमा शनिवार पुष्टि भएसंगै ४ जनामा कोरोना देखिएपछि छिमेकी जिल्लाले कैलालीसंगको सिमाना बन्द गरेका छन् । कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा शनिवार कोरोना भाइरस पुष्टि भएको हो भने यो भन्दा अघि एक जनामा कोरोना देखिएको थियो । यो संगै कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएकाको संख्या ४ भएको हो । कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएकाको संख्या बढ्न थालेपछि बर्दियाले कैलालीसंगको सिमाना बन्द गरेको छ । र्दियामा थप उच्च सतर्कता अपनाउँदै कैलालीसंग जोडिएका सबै नाका बन्द गरिएको हो ।
कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्णरुपमा बन्द गरिएको राजापुर नगरपालिकाका प्रमुख शिवनारायण चौधरीले जानकारी दिएका छन् । कैलालीमा कोरोना पुष्टि भएकाको संख्या बढ्दै गएकाले कैलालीका सबै नाका बन्द गर्नु परेको बताएका छन् । कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ।
ठाकुरबाबा नगरपालिकाको चिसापानी नाकाबाट १२ किलोमिटर पश्चिम कैलालीको लम्कीका दुई जना व्यक्तिमा कोरोना पुष्टि भएको हो । नाका नजिकै कोरोना पुष्टि भए पछि वर्दियामा पनि जोखिम बढेको हो । ठाकुरबाबा नगरपाकिलाका प्रमुख घननारायण श्रेष्ठले चिसापानी नाका पूर्णरुपमै बन्द गरिसकेको जनाए।
बिरामीलाई घरमै औषधि
‘भिमदत्त नगरपालिकामा लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पु¥याउने भएको छ । सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापा मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पु¥याउँदै आएको बताए ।
“अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ”, थापाले बताए, “हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ ।” क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाच थान पिपिइ र स्यानिटाइजर उपलब्ध गराएको छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवङ बालबिवाहले मानवअधिकार उपभोगमा पार्ने प्रभाव सम्बन्धि परामर्श कार्यक्रम लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका भालुवाङस्थित हाेटल पौवा सभाहलमा सम्पन्न भएको छ । राष्ट्रिय मानवअधिकार आयोग, लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजनामा बुधबार बिहान सो परामर्श कार्यक्रम गरिएको हो । अहिलेको विकसित युगमा पनि समाजमा व्याप्त रहेको बालबिवाह र त्यसले मानवअधिकार उपभोगमा पार्ने प्रभाव न्यूनीकरण […]

नेपालका विभिन्न सहरहरू विकास, सरसफाइ, वातावरण संरक्षण र नागरिक सहभागिताका नयाँ अभ्यासतर्फ अघि बढिरहेका छन्। तीमध्ये “घोराही बनाऔँ अभियान” पछिल्ला वर्षहरूमा सकारात्मक परिवर्तनको उदाहरणका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय सरकार, सामाजिक संघसंस्था, निजी क्षेत्र, युवा तथा सर्वसाधारण नागरिकको संयुक्त प्रयासबाट सञ्चालन भइरहेको यस अभियानले घोराहीलाई सफा, हरियाली, व्यवस्थित र जिम्मेवार सहरका रूपमा विकास गर्ने […]

काठमाडौं । त्यसपछि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी नेकपासँगको सत्ता सहकार्यका लागि संवाद पनि अगाडि बढाएको छ। मंगलबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस पदाधिकारी बैठकमा एमालेसँगको सत्ता सहकार्य विसर्जन गरेर नेकपासँग मिलेर जाने विकल्पमा छलफल भएको थियो। बैठकमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्य अन्त्य गर्नुको कारण र नेकपासँग मिलेर जानेबारे भएको संवादबारे ब्रिफिङ गरेको […]

error: Content is protected !!