२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

कैलालीमा कोरोना पुष्टि संख्या बढेपछि वर्दिया र कैलालीसंगका सबै नाका बन्द

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

बर्दिया, २२ चैत । कैलालीमा शनिवार पुष्टि भएसंगै ४ जनामा कोरोना देखिएपछि छिमेकी जिल्लाले कैलालीसंगको सिमाना बन्द गरेका छन् । कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा शनिवार कोरोना भाइरस पुष्टि भएको हो भने यो भन्दा अघि एक जनामा कोरोना देखिएको थियो । यो संगै कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएकाको संख्या ४ भएको हो । कैलाली र कञ्चनपुरमा कोरोना पुष्टि भएकाको संख्या बढ्न थालेपछि बर्दियाले कैलालीसंगको सिमाना बन्द गरेको छ । र्दियामा थप उच्च सतर्कता अपनाउँदै कैलालीसंग जोडिएका सबै नाका बन्द गरिएको हो ।
कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्णरुपमा बन्द गरिएको राजापुर नगरपालिकाका प्रमुख शिवनारायण चौधरीले जानकारी दिएका छन् । कैलालीमा कोरोना पुष्टि भएकाको संख्या बढ्दै गएकाले कैलालीका सबै नाका बन्द गर्नु परेको बताएका छन् । कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ।
ठाकुरबाबा नगरपालिकाको चिसापानी नाकाबाट १२ किलोमिटर पश्चिम कैलालीको लम्कीका दुई जना व्यक्तिमा कोरोना पुष्टि भएको हो । नाका नजिकै कोरोना पुष्टि भए पछि वर्दियामा पनि जोखिम बढेको हो । ठाकुरबाबा नगरपाकिलाका प्रमुख घननारायण श्रेष्ठले चिसापानी नाका पूर्णरुपमै बन्द गरिसकेको जनाए।
बिरामीलाई घरमै औषधि
‘भिमदत्त नगरपालिकामा लकडाउन’ मा अन्य रोगका बिरामीलाई अस्पताल तथा स्वास्थ्य संस्थामा औषधि खरिद गर्न जान समस्या हुने भन्दै लियो क्लब अफ महाकाली क्लासिकले घरघरमा निःशुल्क औषधि पु¥याउने भएको छ । सो क्लबका प्रथम उपाध्यक्ष सुनिल थापा मानसिक रोगी, मधुमेह, उच्च रक्तचापलगायत नियमित औषधि सेवन गर्नेले औषधि माग गरेबमोजिम घरमै पु¥याउँदै आएको बताए ।
“अशक्त र औषधि किन्न बजारसम्म पुग्न नसक्नेलाइ यो व्यवस्था मिलाएका हौँ”, थापाले बताए, “हामीले सामाजिक सञ्जालमा सम्पर्क नम्बर सार्वजनिक गरेका छौँ ।” क्लबले भीमदत्तनगरको महाकाली अस्पताललाई पाच थान पिपिइ र स्यानिटाइजर उपलब्ध गराएको छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षामा सहयोग पुगोस् भनेर क्लबले उक्त स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।खनालले आत्महत्या गरेको हुन सक्ने दाङ प्रहरीको अनुमान छ ।

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

error: Content is protected !!