३१ जेठ २०८३, आइतबार
14-06-2026 , Sun
×

मोबाइलमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस यसरी सफा गर्नुहोस

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

जर्मन रिसर्चरहरूले गरेको एक अनुसन्धानले कोरोनाभाइरस स्मार्टफोन मोबाइलको डिस्प्ले र अन्य सिसाको सतहमा ९ दिनसम्म बस्न सक्ने निष्कर्ष निकालेको छ । धातुको सतहमा पनि यो भाइरस ९ दिन सम्म नै बाँच्न सक्छ । कुनै पनि स्मार्टफोनमा धातु र सिसाको प्रयोग भएको हुनाले तपाईंको स्मार्टफोनले पनि कोरोनाभाइरसलाई ९ दिनसम्म बोकेको हुन सक्छ । यी उपकरणहरू कसरी सफा गर्ने भनेर पनि उक्त अध्ययनमा उल्लेख गरिएको छ ।
स्मार्टफोन लगायात अन्य विद्युतीय ग्याजेट र उपकरणहरू – जस्तै ट्याब्लेट, क्यामरा, ल्यापटप आदिलाई पनि सफा राख्नु उचित हुन्छ र सफा गर्न निकै सजिलो पनि रहेको छ ।
उक्त अध्ययनका अनुसार डिस्प्ले र अन्य सतहलाई सफा गर्नका लागि ०.१% ब्लिच र लगभग ७० प्रतिशत इथानोलको ( रक्सी ) मिश्रण नै काफी छ । बजारमा पाइने ह्याण्ड स्यानीटाइजरमा यी कुराहरू पहिलेबाट नै हुने भएकाले डिस्प्ले सफा गर्नका लागि ह्याण्ड स्यानीटाइजर प्रयोग गरे हुने कुरा उक्त अध्ययनको निष्कर्षमा व्यक्त गरिएको छ ।
ह्याण्ड स्यानीटाइजरलाई कपडा वा पेपरमा स्प्रे गरेर स्मार्टफोनको डिस्प्ले र अन्य सतहमा लगाउनुहोस् र कम्तीमा १ मिनटसम्म सुक्न दिनुहोस् । एक मिनट पछि उक्त सतहलाई कपडाले वा टिस्यु पेपरले पुछ्नुहोस् । डिस्प्ले पुछ्न प्रयोग गरिएको पेपर वा कपडालाई सुरक्षितरूपमा फ्याक्नुहोस् ताकी सो कपडा वा पेपर पुन: प्रयोगमा नआओस ।
डिस्प्लेमा सिधै केमिकललाई हाल्नु उचित हुँदैन | सुरुमा कपडा वा पेपरमा लगाउनुहोस् अनि बल्ल उक्त कपडा वा पेपरले डिस्प्ले सफा गर्नुहोस् ।
कतिपय स्मार्टफोनहरूको डिस्प्ले, जस्तै आइफोनको डिस्प्लेमा, चिल्लो हुनबाट बचाउनका लागि बेग्लै लेपको प्रयोग गरिएको हुन्छ जसलाई ओलियोफोभिक कोटिंग भनिन्छ । अत्यन्त कडा क्लिनर वा ब्लिचको प्रयोगले उक्त ओलियोफोभिक कोटिंगलाई नाश गर्न सक्छ र स्क्रिनको डिस्प्लेमा दाग देखिन सक्छ । त्यसैले कडा ब्लिच र केमिकलले बारम्बार स्क्रिनको डिस्प्ले सफा गर्नु पनि उचित हुँदैन ।
स्मार्टफोनलाई सफा गरेपछि आफ्नो हातलाई पनि सफा राख्नुहोस् । फोहर हातले नचलाएपछि स्मार्टफोनलाई बारम्बार सफा गरिरहनु पनि पर्दैन !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!